घोराही । श्रावण २९ गते देखि नेपाल मगर संघ घोराही नगर समितिले शुरु गरेको नेतृत्व विकास तालिम मंगलबार समापन गरिएको छ ।

नगर समितीका अध्यक्ष बेद बहादुर बुढा मगरको अध्यक्षता तथा घोराही उपमहानगरपालिका १४ का अध्यक्ष भानसिङ बुढाको प्रमुख आतिथ्यता तथा नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिका उपाध्यक्ष तथा घोराही नगर इन्चार्ज प्रेम बुढा मगरको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि भानसिङ बुढाले कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गर्दै कार्यक्रम फलदायी हुने कुरामा आफू ढुक्क भएको बताउनुभयो । कार्यक्रममा सहभागीले ८ दिन सम्म सिकेका कुराले आफ्नो जीवनमा नेतृत्वदाइ भुमिका निर्वाह गर्न सकिने बताउदै आयोजक लाई धन्यवाद व्यक्त गरेका थिए ।
५ दिन सम्म चल्ने बताइएको उक्त कार्यक्रम नगर समिति सदस्य मिना बुढा घर्ती मगर को आर्थिक सहयोगमा ३ दिन तालिम थपिएको थियो । कार्यक्रममा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।