माओवादी केन्द्रलाई अहिले सत्ताको लागि कुनै हतारो छैन : बर्षमान पुन अनन्त

नेकपा माओवादी केन्द्रका उप महासचिव बर्षमान पुन अनन्तले माओवादी केन्द्र सरकारमा जान कुनै हतारो नभएको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल दाङ शाखाले घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाले माओवादी केन्द्रले प्रयाप्त रुपमा संविधान कार्यान्वयनको काम गरेको सुशासन समृद्धि र सामाजिक न्यायको लागि कमरेड प्रचण्डको नेतृत्वमा पछिल्लो सरकारले एउटा स्पेस बनाएको र जनतामा हौसला आउने काम गरेको बताउनुभयो ।

माओवादी लाई सरकार छोड्दै गर्दा माओवादी केन्द्रलाइ नरुचाउने विस्वास नगर्ने सामान्य मान्छे पनि सुशासन अथवा भ्रष्टाचार विरुद्धको अभियानमा माओवादीले वा प्रचण्ड नेतृत्वको सरकारले राम्रो काम गर्‍यो कोसिस गरेको थियो भन्ने कुरा स्थापित भएको बताउनुभयो । यसले माओवादीको एउटा धरातल सेट भएको र त्यस भन्दा माथी पुग्नु पर्ने बताउनुभयो । उहाले नेपाली कांग्रेस र नेकपा एमाले जस्ता ठुला दल एक ठाउँमा भएकोले स्थिरता दिनुस जनताको सेवा गर्नुस भ्रस्टाचार विरुद्धको अभियानलाई कमजोर नबनाउनुस र सुशासन तथा समृद्धिमा काम गरे समर्थन गर्ने र यसभन्दा बिपरित गए हाम्रो खबरदारी रहने उहाले बताउभयो । ‘यी कुरा नगरिए जनताले हिजोको सुशासन वा भ्रस्टाचार विरुद्धको कामको खोजी गर्ने स्थिति भएमा हामी त्यसको नेतृत्व गर्नेछौ त्यो सदन र सडक दुबैमा हुने छ ।’ उहाँले बताउनुभयो । यदि दुई ठुला दल मिलेर पनि देश अस्थिरतामा रहे त्यसले त्यसले ब्यवस्थामै प्रश्न उठ्ने उहाको भनाइ छ ।

हरेक नागरिकको शिक्षा र स्वास्थमा सबै पैसा जाने स्थिति किन भयो नितिगत सुधार कानुनमा मात्र भयो व्यबहारमा निजि संस्था खोल्न दिने र महंगो सेवा सुबिधा लिन बाध्यता किन भन्ने पत्रकारको प्रश्नमा पुनले माध्यमिक शिक्षा र आधारभूत स्वास्थ्य निशुल्क भन्ने संबैधानिक ब्यवस्था रहेको र स्वास्थ्यमा ७२ प्रकारको औषधि निशुल्क मेजर केही रोगमा सरकारले ब्यहोर्ने भए पनि प्रयाप्त नभएको उहाले बताउनुभयो । सबै निजि स्वास्थ्य संस्था कोरोना महामारीमा भाग्ने जुन अवस्था बन्यो त्यसले सरकारीकरण गर्नुपर्ने विश्वब्यापी रुपमा प्रश्न उठेको बताउनुभयो । तर हामिले यी सबैलाइ सुधार गर्दै लैजाने प्रयासमा रहेको बताउनुभएको ।
बाहिर ॠण लिएर अथवा आन्तरिक ॠण उठाएर परिपुर्ति गर्ने गरि बजेट ल्याउनु भयो नि भन्ने प्रश्नमा उहाले सिर्जित दायित्व नै पूरा नगर्ने अबस्थामा घाटा बजेटको प्रचलन रहेको र यो विश्व ब्यापी चलन रहेको र नेपालमा अझ झन बढी रहेकोले यसको लागि राजस्वमा सुधार गरेका उहाले बताउनुभयो ।
राप्तीमा तपाइँ अर्थमन्त्री हुँदा राप्ति र खासगरी दाङले बजेट पाएन नि भन्ने प्रश्नमा उहाँले घोराही लमही सडक नेपालले मात्रै टोड्न नसकिने त्यो भारतीय एग्जिम बैंकको ऋणभएकाले हामिले सकेनौ तर अहिले कि त्यही बैक बाट नभए त्यसलाइ अन्त सारेर आन्तरिक बजेट बात काम गर्ने त्यतिबेलाको सरकारको प्राथमिकता भएको र यो सरकारले पनि त्यही रुपमा अघि बढ्ने बिश्वास रहेको बताउनु भयो । त्यस्तै एअरपोर्ट नै हो । त्यसका लागि बिस्तार गर्ने भन्ने नै हो तर बिस्तार भन्दा नया बनाउनु नै पर्ने नागरिक उद्देयन  प्राधिकरणले बताए पनि हामी बिस्तार गर्नेमै रहेको उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस