घोराही । बगेको दाउरा निकाल्ने क्रममा दाङमा एकजना राप्ती नदिमा फसे पछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलिले सकुशल उद्धार गरेको छ ।
दाङको राप्ती गाउपालिका-३ खुरुरियामा झुलुङ्गे पुल बाट डोरीको सहायताले बगेको दाउरा तान्ने क्रममा नदिमा खसेर खुरुरिया बस्ने १३ वर्षीय सुधन चौधरी नदिमा अड्किएको र उनको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आइतबार दिउँसो ३:३० बजे तिर चौधरी अड्किएको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय भालुवाङ र ज्वालामाइ गण भालुबाङ सशस्त्र प्रहरीको संयुक्त टोलि घटनास्थल पुगेको थियो ।
टोलिले दिउँसो ४:३० बजेको समयमा एक घण्टा पछि उद्धार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सुचना अधिकृत प्रहरी नायब उपरीक्षक राम प्रसाद तिमल्सिनाले बताए ।