दाङमा भरुवा बन्दुक सहित ३ जना पक्राउ

 

घोराही / दाङमा भरुवा बन्दुक सहित ३ जना पक्राउ परेका छन।पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ४ सुनवलपुर बस्ने ३६ वर्षीय टंक थापा सोही ठाउँका २९ वर्षीय युवराज गिरी र राजपुर गाउँपालिका ४ फोहोरा बस्ने ईच्ढा कुमार रैदास रहेका छन् ।

बस्ने र थापालाई शनिबार गादिबरा सामुदायिक वनमा संकास्पद रुपमा हिडिरहेका बेला गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यलय र अस्थायी प्रहरी पोष्ट गोटिखोला प्रहरीले खानतलासी गर्दा गिरीले भिरेको अवस्थामा १ थान भरुवा बन्दुक २१ राउन्ड छर्रा सहित फेला पारी नियन्त्रणमा लिई विस्तृत अनुसन्धान इलाका प्रहरी कार्यलय तुलसीपुरमा भई रहेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ।

राजपुरको वनशक्ति सामुदायिक वनमा शिकार खेल्न जाँदै गरेको अवस्थामा आइतबार रैदासलाई इलाका प्रहरी कार्यलय गढवा र प्रहरी चौकी चङगुवाबाट संयुक्त रुपमा रातको समयमा खटिएको प्रहरी गस्ती टोलीले थान १ भरुवा बन्दुक सहित नियन्त्रणमा लिई विस्तृत अनुसन्धान कार्य इलाका प्रहरी कार्यलय गढवा दाङबाट भई रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस