घोराही/ रोल्पाली समाज सेवा दाङले आयोजना गरेको स्वेच्छिक वृहत खुल्ला रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। सो कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन्।
नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र घोराही दाङ सँग समन्वय गरि समाजले आयोजना गरेको समाजका अध्यक्ष मदन वलीले जानकारी दिए। समाजको अनौपचारिक कार्यक्रममा संस्थाका अध्यक्ष मदन वली,समाजका सल्लाहकार घोराही उपमहानगरपालिका १४ का वडा अध्यक्ष भानसिं बुढामगर,निवर्तमान अध्यक्ष शक्तिराम डाँगी,समाजसेवी तथा संस्थाका दाता केवल प्रसाद खत्री र भुपेन्द्र पुनमगर लगायत कार्यसमिति पदाधिकारीहरुको उपस्थिति थियो। कार्यक्रमको संयोजन आजीवन सदस्य हिरा बहादुर डाँगीले गरेकाथिए।

रोल्पा जिल्लाबाट विभिन्न समयमा बसाइँसराइ गरि दाङ जिल्लामा बसोबास गरि आएका व्यक्तित्वहरुको संलग्नता रहि सार्वजनिक सेवा उपलब्धता र अन्य सामाजिक कार्यमा सघाउ पुर्याउने उद्देश्यले मिति २०६९/११/०१ मा जिल्ला प्रशासन कार्यालयमा दर्ता भइ यो संस्थाले मुनाफा रहित सामाजिक संस्था दर्ता भई एम्बुलेन्स सेवा सहितको सामाजिक सेवाका कार्यहरु तदारुकताका साथ गरिरहेको वलीको भनाइ छ। यसै क्रममा संस्थाले गर्दै आएका विविध सामाजिक कार्यहरुमा राप्ति उप-क्षेत्रिय अस्पताल हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा नागरिक सहायता कक्ष संचालान,रोल्पा जिल्ला परिवर्तन गाउँपालिकामा १३ जना विशेषज्ञ चिकित्सक र दुइ दर्जन स्वास्थ्यकर्मी, भिडियो X-ray, प्रयोगशाला सेवा सहित निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर जेष्ठ नागरिक सरोकार केन्द्र घोराही दाङमा जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण तथा खाद्यान्न वितरण, अन्य सामाजिक संघ संथाहरु सँग अन्तरक्रिया तथा छलफल कार्यक्रम गर्दै आएको छ।

कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको शोकमा शोक सभा, मसानघाट निर्माणमा सहयोग तथा सहकार्य, उत्कृष्ट नतिजा प्राप्त गर्ने बिद्यार्थी भाइबहिनीहरुलाइ बधाई तथा सम्मान जस्ता कार्यक्रम, सरकारी कार्यालय तथा सार्वजनिक स्थानहरुमा/सामुदायिक वनमा सामुहिक वृक्षारोपण कार्यक्रम, रक्तदान कार्यक्रम, केन्द्रीय तथा जिल्ला स्तरका कार्यक्रमहरुमा स्वास्थ्य सहायता कक्ष, खेलकूद कार्यक्रमहरुमा निशुल्क एम्बुलेन्स सेवा,अति गरिब तथा लावारिस बिरामीहरुलाई निशुल्क एम्बुलेन्स सेवा,दिर्घ रोगि जस्तै मृगौला पिडित,अर्वुद र आगलागीमा परेका व्यक्तिहरुलाई नगद सहयोग,विभिन्न विषयमा सामाजिक सचेतना जस्ता अन्य दर्जनौ सामाजिक सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा रोल्पाली समाज सेवा दाङले रोल्पा,रुकुम,सल्यान, प्युठान र दाङ जिल्ला लगायतका विभिन्न ग्रामिण क्षेत्रहरुबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही सहित जिल्लाका अन्य अस्पतालहरुमा औषधि उपचारमा आउने बिरामीहरुलाई लक्षित गरि घोराही १४ लखन पार्कमा वृहत स्वेचिक खुला रक्तदान कार्यक्रमको आयोजना गरेको हो। अस्पतालमा उपचार गर्न आएका बिरामीहरुलाई रगत आवश्यक परेमा संस्थाको सम्पर्कमा आउने र सो आवश्यकतालाई परिपूर्ति गर्न नेपाल रेडक्रस सोसाइटी, रक्त संचार केन्द्र घोराही दाङ संग समन्वय गरि आयोजना गरेको कार्यक्रममा ५५ जनाले रक्तदान गरेको अध्यक्ष वलीले बताए।



