नेपाल प्रहरी श्रीमती संघको “४० औँ बार्षिक उत्सवमा” शैक्षिक सामाग्री वितरण

घोराही/ दाङको घोराही उप-महानगरपालिका वडा नं. १३ कलमघारी स्थित बाल कल्याण विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीहरुलाई ३० थान झोला १ सय ५० थान कापी र ३० दर्जन पेन्सील वितरण गरिएको छ।

नेपाल प्रहरी श्रीमती संघको “४० औँ बार्षिक उत्सव” को अवसरमा नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेश दाङ र जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त आयोजनामा वितरण गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका कार्यलय प्रमुख प्रहरी उपरीक्षक राम बहादुर के.सी. प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिना,घोराही उप-महानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष डुल्लुराम पोख्रेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम गिरी,विद्यालयका प्रधानाध्यापक टोप बहादुर वली,अभिभावक संघका अध्यक्ष,व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक, अभिभावक, विद्यार्थीहरु लगायतको उपस्थितीमा संघको “४० औँ बार्षिक उत्सव कार्यक्रममा झोला,कापी र पेन्सील वितरण गरिएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस