घोराही । रोल्पाली सेवा समाज रोल्पाले समाजसेवी तथा समाजका सल्लाहकार बिपिन झाँक्रीलाई सहयोग हस्तान्तरण गरेको छ ।
सोमबार घोराहीमा एक कार्यक्रम गर्दै समाजले समाजसेवी झाँक्रीलाई १४ लाख ३५ हजार ४ सय पाँच रुपैयाँ हस्तान्तरण गरेको हो । जस मध्य थवाङी सेवा समाजले १० हजार रोल्पाली उँवा सेवा समाजले ५ हजार तथा अन्य सहयोगी दाता बाट गरि जम्मा ४५ हजार सात सय ५५ रुपैयाँ कार्यक्रम स्थलमै संकलन गरि नगद तथा १३ लाख ९० हजार ३ सय बराबरको चेक हस्तान्तरण गरिएको हो।
रोजगारीको सिलसिलामा लामो समय देखि साउदी अरबमा रहेका झाँक्री गत जेठ ३० गते कोठामा ग्यास पड्किएर आगोमा जलेका थिए।आगोमा जलेर घाइते झाँक्रीलाई साथीहरूले अस्पताल पुर्याएका थिए।साउदीमा उपचारका क्रममा करिब ९२ हजार रियाल (नेपाली ३२ लाख ९३ हजार ) खर्च गरेर बाँकी उपचार नेपालमा गरेको र अहिले स्थितिमा धेरै सुधार भएको बिरामी झाँक्रीले बताएका छन।
रोल्पाली सेवा समाजका अध्यक्ष दिलाराम वलीको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पाटी पोलिटब्यूरो सदस्य सन्तोष बुढा मगरको प्रमुख आतिथ्यता तथा बिशिस्ट अतिथिमा नेपाली कांग्रेसका घोराही नगर सभापति तिलक रावत रोल्पाली सेवा समाजका सल्लाहकार बिरामी बिपिन झाँक्री अतिथिमा प्रमुख सल्लाहकार शक्तिराम डाँगी लगायतका रहनुभएको थियो ।
प्रमुख अतिथिको आसन बाट बोल्दै बुढाले सबैलाई आर्थिक सहयोग गर्दै दिनदुःखिको सहयोग गर्ने ब्यक्ति यसरी आफै दुर्घटनामा परेको खबरले अत्यन्तै दुख लागेको बताउनु भयो । उहाले बिपिन झाँक्री कसैको दु:ख देख्न नसक्ने अति नै दयालु भएको भन्दै प्रशंसा गर्नुभयो।उहाले करोडौं रुपैयाँ असाहय रोगी तथा अप्ठ्यारोमा परेकाहरुको सहयोग गरेको कुरा सामान्य कुरा नभएको बताउनुभयो। आफ्नो कमाइको अंश काटेर निस्वार्थ सहयोग गर्ने आँट जो कसैले सिक्न विषेश गरि राजनीतिक दलहरूले सिक्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा समाजका अध्यक्ष दिलाराम वलीले बिपिन झाँक्रीको जीवनी प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष वलीले समाजको लागि रातको १/२ बजे पनि खट्न सक्ने आर्थिक सहयोगी हाम्रो आशाका धरोहर यसरी घाइते भएको खबरले सिंगो समाज दुखी रहेको बताउनुभयो । त्यस्तै आर्थिक संकलन उप-संयोजक नेपाल मगर संघ केन्द्रका उपाध्यक्ष दर्जित रोका मगरले विभिन्न चुनौतीका विच झाँक्रीको आर्थिक संकलन सम्पन्न गर्न पाउँदा खुसी ब्यक्त गर्नुभयो । उहाले फेरि चाडैं पुर्ण रुपमा निको भएर पुनः सामाजिक तथा आफ्नो काममा फर्कने कुराम बिश्वास ब्यक्त गर्नुभयो।दाङ शाखाका प्रमुख सल्लाहकार शक्तिराम डाँगी लगायत अन्य अतिथिहरुले पनि पालैपालो आफ्नो मन्तव्य राख्नुभएको थियो।
रोल्पाली सेवा समाज दाङ शाखाका अध्यक्ष ओम प्रकाश खड्काको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण आर्थिक संकलन उप संयोजक तथा नेपाल मगर संघ केन्द्रका उपाध्यक्ष दर्जित रोका मगरले गर्नुभएको थियो । कार्यक्रममा आर्थिक सबै भन्दा धेरै सहयोग गर्ने बिनज्योती रोका मगर तथा विभिन्न संघ संस्था तथा समाजहरुलाई सम्मान गरिएको थियोे ।


