रोल्पाली सेवा समाजको २ लाख बढी खुम बहादुरलाई आर्थिक सहयोग

घोराही/रोल्पाली सेवा समाज रोल्पाले ३८ वर्षीय प्यारालाइसिस बिरामी खुम बहादुर घर्ती मगरलाई २ लाख ६ हजार छ सय एघार रुपैयाँ आर्थिक सहयोग गरेको छ।रोल्पाली सेवा समाज रोल्पाका केन्द्रिय अध्यक्ष दिलाराम वलीको अध्यक्षमा रोल्पा त्रिवेणी गाउँपालिका- १ का वडा अध्यक्ष देउराम घर्ती मगरको प्रमुख आथित्यमा घोराही- १५ स्थित माछापुच्छ्रे होटेलमा रोल्पा त्रिवेणी गाउँपालिका- १ करेटिका प्यारालाइसिस रोगले थला परेका खुम बहादुर घर्ती मगरलाई उपचारमा थप सहयोग पुगोस् भनी रु २ लाख ६ हजार छ सय एघार रुपैयाँ अध्यक्ष दिलाराम वली कार्यक्रमका प्रमुख अतिथि देउराम घर्ती मगर विशिष्ट अतिथि नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष दर्जित रोका मगर समाजका केन्द्रिय सल्लाहकार कैलाश रोका मगर कल्पबृक्ष एजुकेसन फाउन्डेसनका प्रमुख प्रशिक्षक प्रतीक्षा गौतम लगायत अतिथिहरुले संयुक्त रुपमा सो रकम हस्तान्तरण गर्नुभएको हो। केन्द्रिय अध्यक्ष दिलाराम वलीको नेतृत्वमा सहयोग आर्थिक रकम संकलन भएको हो।

ढाडमा नसा च्यापिएर मासु पलाएको कारण हिड्न सक्ने अवस्थामा घर्ती छैनन्। आर्थिक सहयोग रकम पाए पछि थप उपचार गर्न काठमाडौ वीर अस्पताल जाने भन्दै घर्तीले खुसी व्यक्त गरे।कार्यक्रममा कल्पबृक्ष एजुकेसन फाउन्डेसनका प्रमुख प्रशिक्षक प्रतीक्षा गौतमले आफ्ना बालबालिकालाई कस्तो व्यवहार संस्कार र शिक्षा दिने सिकाउने भन्ने प्रेरणादायी मोटिभेसन दिनुभएको थियो।रोल्पाली सेवा समाज दाङ शाखाका अध्यक्ष ओम प्रकाश खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा केन्द्रिय अध्यक्ष वलीले हाल सम्म संस्थाले गरेका गतिविधिहरु प्रोजेक्टरको माध्यमबाट प्रस्टीकरण गर्नुभएको थियो।उपस्थित अन्य अतिथिहरुले पालैपालो आफ्नो मन्तव्य समेत राख्नुभएको थियो। कार्यक्रमको संचालन दाङ शाखाका महासचिव घनश्याम गिरिले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस