काठमाडौं/ लुम्बिनीको नयाँ प्रदेश प्रमुखमा कृष्ण बहादुर घर्तीमगरलाई सरकारले नियुक्त गरेको छ । घर्ति कांग्रेस रोल्पाका पुर्ब जिल्ला सभापती हुन ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णालीका प्रदेशका प्रमुखमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो । सरकारले बागमती प्रदेश सरकारको प्रमुखमा दिपकप्रकाश देवकोटा, लुम्बिनी प्रदेश सरकारको प्रमुखमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश सरकारको प्रमुखमा यज्ञराज जोशी नियुक्त गरेको हो ।
यसअघि बागमती प्रदेश सरकारको प्रमुखमा यादव शर्मा, लुम्बिनी प्रदेश सरकारको प्रमुखमा अमिक शेरचन र कर्णाली प्रदेश सरकारको प्रमुखमा तिलक परियार रहेका थिए । शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट भएकाले उनीहरुलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको हो ।