रोल्पा-/लुम्बिनी प्रदेश देउखुरीमा बुधवार एमालेका नेता चेत नारायण आचार्य मुख्यमन्त्रीमा नियुक्त हुदै गर्दा लुम्बिनीका अधिकांश एमाले नेता कार्यकर्ताहरु भने निराश बनेका छन्।
संघिय सरकारमा देखिएको परिवर्तित गठबन्धनको प्रभाव यतिबेला प्रदेश सरकारहरुको पनि फेरबदलको सरगर्मि बढेको छ।यसै बिच लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्री जोख बहादुर महराले राजिनामा दिए सँगै एमालेका संसदिय दलका उपनेता एवं अर्घाखाँचीका सांसद चेत नारायण आचार्य बुधवार मुख्यमन्त्रीमा नियुक्त भएका छन्।प्रदेश राजधानी देउखुरीमा एमाले नेता आचार्य मुख्यमन्त्री बने सँगै केहि खुसीको लहर चलेको छ तर सिंगो एमाले कार्यकर्ताहरुमा भने चरम निराशा प्रष्ट देखिएको छ,अझ खासगरी रोल्पाका एमालेहरुमा।
रोल्पा आफैमा माओवादी दशवर्षे जनयुद्वको उद्गमस्थल र केन्द्रिय आधार ईलाका हो।०७९ को प्रदेश र संघिय निर्वाचनमा रोल्पाको प्रदेशतर्फ दुई निर्वाचन क्षेत्रमै माओवादीको कब्जा रह्यो। लुम्बिनी प्रदेश सभामा नेकपा एमालेबाट भने सामानुपातिकमा यमुना रोका (तामाङ) को उपस्थिति बन्यो।रोकाको प्रदेशसभामा सहभागिताले सिंगो रोल्पाली एमालेहरुमा ऐतिहासिक उत्साह पैदा गर्यो।माओवादी जनयुद्वमा संघर्षपुर्ण विरासत बोकेर एमाले बनेकि रोकालाई रोल्पाको लागी अवसर सँगै थुप्रै चुनौतिका पहाडहरु छिचल्नु पर्ने वाध्यताहरु थिए।निर्वाचनपछि लुम्बिनी प्रदेशमा चार पटक सरकार फेरबदल भैसक्यो तर विडम्बना रोल्पाले निकै आशा,भरोसा र अपेक्षा गरेको रोल्पाली सांसद यमुना रोका भने दुर्भाग्यवश कुनै पनि सरकारमा अटाउन सकिनिन्।।जसको चोट यस पटक रोल्पाले अझ बढी महसुस गरेको छ।
मुख्यमन्त्री चेत नारायण आचार्यको नियुक्त खासगरी एमाले भित्रै बढी आश्चर्यजनक रुपमा विकसित घटनाक्रमको दृष्टिकोणले हेरिएको छ।लुम्बिनि प्रदेशसभामा एमाले तर्फका संसदीय दलका नेता लिला गिरीको मुख्यमन्त्रीमा चर्चा भैरहदा अप्रत्याशित रुपमा आचार्यलाई अगाडी सारिएको हो।त्यसै गरी प्रदेशसभामै एक मात्र एमालेकि केन्द्रिय सदस्य यमुना रोकाको नाम पनि हल्ला चलिरहँदा एकाएक एमालेले मन्त्रिमण्डलमा नाम अगाडि सार्न सकेन।यो घटनाक्रमलाई जानकारहरुले एमाले भित्रको चरम गुटबन्दीको परिणामको रुपमा बुझेका छन्।नेकपा एमालेको १० औ अधिवेशनमा लुम्बिनी प्रदेशमा झल्किएको गुटबन्दि सरकार गठनसम्म आइ पुग्दा छरपष्ट देखिएको छ।
खासगरी रोल्पामा माओवादी किल्लालाई चुनौतीको घेरा बनेको एमालेले यसपटक प्रदेश सरकारमा आफ्नो जिल्लाको सहभागिताको बढि अपेक्षा गरेको थियो।माओवादी तर्फ प्रदेश सभामा सहभागि जोख बहादुर महरा मुख्यमन्त्री र दिपेन्द्र पुन मन्त्री बनिसक्दा एमालेले यो सरकार बन्दा समेत रोल्पालाई उपेक्षा गर्नुले एमाले नेता कार्यकर्ताहरुमा निराशा देखिनु स्वभाविक जस्तै देखिन्छ।रोल्पाको थवाङमा जन्मिएकि यमुना पछिल्लो समय रोल्पा र रोल्पाली जनताहरुको बिचमा सर्वप्रिय नाम बन्दै जादाँ नेकपा एमालेले गरेको निर्णयले समग्रमा सांसद यमुनालाई भन्दा बढी रोल्पालीहरुलाई क्षतीको हिसाबले चर्चा चुलिएको छ।