काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन-एएमई जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो । प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । अहिले उद्धारको काम जारी छ ।
सौर्य एअरलायन्सको जहाज दुर्घटनामा परेको स्थानबाट क्याप्टेनको उद्धार गरिएको छ । उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य रहेका छन् । उनलाई सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।थप विवरण आउन बाँकी छ ।
स्रोत: अन्लाइन खबर