रोल्पाली उवाँ समाजको राँके तिवार पर्व समापन

घोराही / गत श्रावण १ गते देखि सुरु भएको राँके तिवार पर्व रोल्पाली उवाँ सेवा समाजले आज समापन गरेको छ।दाङको घोराही उपमहानगरपालिका वडा नं. १३ स्थित तुरुन्तपुरमा समाजको आफ्नै मैदानमा समाजका अध्यक्ष विक्रम रोका मगरको अध्यक्षतामा र जेष्ठ नागरिक थमन रोका मगरको प्रमुख आथित्यमा राँके पर्व कार्यक्रम समापन गरिएको हो। जेष्ठ नागरिक रोका मगर पुर्व सिङ्गापुर पुलिस पेन्सन रिटायर्ड समेत हुन।उहाँ अहिले एक सय ४ वर्षको हुनुहुन्छ।समाजका सल्लाहकार गुमान बहादुर पुन मगरले समाजको आर्थिक विकासका लागि भन्दै रु १ लाख रुपैयाँ आर्थिक सहयोग गरेकाले एकदिन पर्व थपेको अध्यक्ष रोका मगरले बताउनुभयो। पुन मगर सिङ्गापुर पुलिस स्टेशन इन्स्पेक्टरबाट पेन्सन रिटायर्ड हुन।आर्थिक सहयोग गरेकाले समाजले यसै कार्यक्रममा सम्मान समेत गरेको छ।
समाजका उपाध्यक्ष मनसरी बिकको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा अतिथिहरुले पालैपालो शुभकामना मन्तव्य राखेका थिए। मौसम बद्ली सँगै सिमसिम पानी परे पनि मैदानमा भुमे नाँचको रौनक मच्चिएको थियो।समाजका सल्लाहकार संयोजक बेद बहादुर बुढामगरले व्यवस्थित ढंगले कार्यक्रमको पुरा संचालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस