रोल्पाको लिबाङमा धारिलो चक्कु प्रहारबाट एक जनाको मृत्यु

रोल्पा / रोल्पाको लिबाङमा धारिलो चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

कपिलवस्तु घर भएका रोल्पा नगरपालिका ४ खाद्य टोलमा शनि ग्यारेजका संचालक २९ वर्षीय शनि भनेर चिनिने सुनिल पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार शनिबार राती ९ बजेको समयमा कपिलवस्तु बाणगंगा नगरपालिका २ घर भएका हाल रोल्पा नगरपालिका ४ खाद्य टोल स्थित शनि ग्यारेजका संचालक शनि भन्ने सुनिल पुन मगर, सोहि ग्यारेजमा काम गर्ने थवाङ गाउँपालिका घर भएका हाल खाद्य टोल बस्ने १६ बर्षका अनिल पुन मगर र दाङ राप्ति गाउँपालिका वडा १ पाखापानी घर भएका हाल रोल्पा नगरपालिका ४ खाद्य टोल नजिकै नेपाल अटो वर्कशपका संचालक ३३ वर्षका कृष्ण बहादुर अधिकारीमाथी धारिलो चक्कु प्रहार भएको हो ।

चक्कु प्रहार गर्नेमा रोल्पा नगरपालिका ९ गर्पाका २८ वर्षिय मदन रोका मगर लगायतका व्यक्तिहरु रहेको खुलेको छ ।

घटना लगत्तै घाईतेहरुलाई उपचारको लागी रोल्पा जिल्ला अस्पताल रेउघामा पठाएको। अस्पतालले शनि उर्फ सुनिल पुन मगरको मृत्यु भएको जानकारी गराएको छ ।

घटनामा संलग्न केही व्यक्तिहरुलाई पक्राउ गरेको र अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस