रोल्पाली सेवा समाजको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

घोराही / रोल्पाली सेवा समाज रोल्पाको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम घोराहीको १५ माछापुच्छ्रे होटेलमा शुक्रबार सम्पन्न भएको छ।

रोल्पाली सेवा समाजका केन्द्रिय अध्यक्ष दिलाराम वलीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ केन्द्रिय उपाध्यक्ष उदय जि एम हुनुहुन्थ्यो।कार्यक्रमका विशिष्ट अतिथिमा समाजका केन्द्रिय सल्लाहकार डा. तिकाराम बुढा उदासी रहेका थिए।भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको सुरुवातीमा केन्द्रिय अध्यक्ष वलीले हाल सम्म समाजले गरेका विभिन्न काम कार्यहरुको ब्रिफिङ गर्नुभएको थियो। यसै गरि प्रमुख अतिथिको आसनबाट बोल्दै जि एमले समाजले अत्यन्तै मानवीय सेवा गरेको अफ्ट्यारोमा परेका रोल्पाली र गैर रोल्पालीलाई सहयोग गरेको चर्चा गर्नुभयो। विशिष्ट अतिथि डा.उदासीले राजनीतिले छुटाउने काम गर्छ समाज सेवाले जुटाउने काम गर्छ त्यसै मध्य रोल्पाली समाज एक हो भन्नु भयो।दुबई शाखाका अध्यक्ष पुनले आफ्नो जीवन उतारचढावबाट यहाँ सम्म आइपुगेको र दुबईमा आफुले समाज र रोल्पालीहरुको हकहितका लागी कयौं समाज सेवा कामहरु गरेको बताउनुभयो। दाङ शाखा प्रमुख सल्लाहकार शक्तिराम डाँगीले समाज सेवामा निरन्तर समर्पित वली र पुनलाई कृतज्ञता प्रकट गर्नुभयो।

केन्द्रिय संस्थापक सदस्य तिलक घर्ती मगर,नेकपा रोल्पाका इन्चार्ज सम्झना जि एम लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो।

समाजलाई विभिन्न तहबाट योगदान पुर्‍याएकोमा दुबई शाखाका अध्यक्ष दिल बहादुर पुन, डा. तिकाराम बुढा उदासी र पत्रकार गोविन्द खड्कालाई समाजको तर्फबाट अध्यक्ष वलीले कदर पत्रले सम्मान गर्नुभएको थियो।यसै गरि विष्णु गुरुङ,कृष्ण घर्ती मगर,प्रमोद बुढा मगर, दिल बहादुर पुन मगर र दर्जित रोका मगरलाई आजीवन सदस्य प्रमाणपत्रले सम्मान गरिएको थियो।समाजका केन्द्रिय सदस्य मनिषा पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन दाङ शाखाका महासचिव घनश्याम गिरिले गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस