घोराही । आज श्रावण संक्रान्ती देश भर विभिन्न तरिकाले यो पर्व मनाइ रहेका छन। यहि अवसरमा रोल्पाली उवाँ सेवा समाज घोराहीले एक कार्यक्रम गरेर पर्व मानेको छन।

मगर समुदायको पौराणिक पर्व तथा सांस्कृतिक चाडको रुपमा मनाउदै आइरहेका उवाँ वासीहरुले घोराही पनि नाचगान गर्दै मनाउने गरेका छन।
समाजका अध्यक्ष विक्रम रोका मगरको अध्यक्षता तथा घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा घोराही उपमहानगरपालिका १३ तुरुन्तपुरमा मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । कार्यक्रमको प्रमुख अतिथिको आसन बाट बोल्दै मेयर चौधरीले कार्यक्रमको शुभकामना ब्यक्त गर्नुभयो । घोराही उपमहानगर बहु जाती र बुहु सांस्कृतिक भएको भन्दै यस्ता चाड पर्वको जगेर्ना गर्न उपमहानगर सधैं तत्पर रहने बताउनुभयो । त्यस्तै बिशिस्ट अतिथि १४ नम्बर वडा अध्यक्ष भानसंग बुढाले मगर संस्कार संस्कृति संरक्षण गर्ने समुदायको दायित्व रहेको बताउनुभयो । उपमहानगरमा रोल्पा रुकुम देखि बसोवास गर्ने समुदायले आफ्नो पुर्ख्यौली थलोको रितिरिवाज लाई नभुलेर यसरी मनाउदै आइरहेकोमा खुसी ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बिशिस्ट अतिथि १४ नम्बर वडा अध्यक्ष भानसंङ बुढा अतिथिमा थवाङ गाउँ पालिकाका पुर्व अध्यक्ष बिर बहादुर घर्ती घोराही उपमहानगरपालिकाका १४ क्या.लखन थापा पार्क व्यवस्थापन समिति अध्यक्ष एकराज खनाल घोराही उपमहानगरका प्रेस संयोजक निमु संगम घर्ती लगायतको सहभागीता रहेको थियो । समाजका कोषाध्यक्ष वीर बहादुर रोकाको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रममा समाजका सल्लाहकार तथा नेपाल मगर संघ घोराही नगर अध्यक्ष बेद बहादुर बुढाले संचालन गर्नुभएको थियोे । समाजले साउन ५ गते सम्म भुमे नाच नाच्दै मनाउने बताइएको छ ।