भारतको उत्तर प्रदेशको श्राबस्ती जिल्लामा सडक दुर्घटना हुँदा ३ जना नेपालीको ज्यान गएको समाचार छ ।
ज्यान गुमाउनेमा राप्ती सोनारी गाउपालिका १ खासकुस्मा बाँकेका ४९ वर्षीय गोवर्धन घर्ती वर्ष नखुलेको कल्पना दसौंदी र लाल बहादुर दसौदी रहेका छन । नेपाल भारत सिमामा पर्ने भारतको श्रावस्ती जिल्लाको बाटो हुँदै नेपाल घर फर्कदै गरेका मोटरसाइकलमा सवार ३ जना ट्याक्टर संग एक आपसमा ठोकिँदा मोटरसाइकल चालक गोवर्धनको घटना स्थलमा र कल्पना र लालबहादुरको अस्पतालमा ज्यान गएको राजपुर ७ भौवानाका निवासी जग्गी सार्कीले जानकारी दिनुभयो । अहिले ३ जनाकै लास श्रावस्ती जिल्लाको सिरिसिया अस्पतालमा राखिएको पनि सार्कीले बताउनुभयो । महिला गर्भवती समेत रहेको बताइएको छ । लालबहादुर हाल घोराही उपमहानगरपालिकामा घर बनाउने ठेकेदार रहेको बताइएको छ ।
भारतीय सोसल मिडियामा पोस्ट भिडियोका अनुसार घटना राती करिब ८ बजेको हो । ट्याक्टर र मोटरसाइकल ठोक्किए पछि मोटरसाइकलमा आगोलागेको छ ।आगोका कारण लालबहादुरको हात जलेको र पेटमा गहिरो चोट लागेको र महिलालाई भने भित्री चोट रहेको बताइएको छ भने मोटरसाइकल पुर्णतः क्षति भएको देखाइएको छ ।