माडि ३ परेवा छहरा जिप दुर्घटनामा ज्यान जानेको संख्या ८ पुग्यो

माडिगाउँपालिका ३ परेवा छहरा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । माडी गाउँपालिका २ घर्तिगाउँबाट तालावाङ जाँदै गरेको जिप दुर्घटना हुँदा ज्यान जानेको संख्या ८ जना पुगेको रोल्पा प्रहरीले जानकारी दिएको छ ।

लु १ ज ३२५२ नम्बरको जिप सडकबाट करिब ४०० मिटर तल खसेको प्रत्यक्षदर्शिहरुले जानकारी दिएका छन । यो समाचार तयार पार्दा सम्म भर्खरै मात्र घटना स्थलमा प्रहरी पुगेर उद्दार कार्यमा खटिएको छ । स्थानीयहरुले पनि उद्दार कार्यमा खटिएका छन । गाडिमा १४ जना सवार रहेको हुन सक्ने स्थानीयहरुले अनुमान गरेका छन ।

साभार मालश्री खबर, असार १७ रोल्पा ।

प्रतिक्रिया दिनुहोस