घोराही/ थबाङ्गी समाज सेवा समिति दाङको भूमे पर्व शुक्रवार समापन गरिएको छ। मगर समुदायको महान तथा पवित्र चाड भूमे (भूम्या) पर्व समाजको साँस्कृतिक व्यवस्थापन उपसमितिको आयोजनामा असार १ गते देखी घोराही १३ बडहरा हेल्लो टावरमा शुरु भएको थियो।
भूमे (भूम्या) पर्व भूमिको पूजार्चनापछि आपसमा शुभकामना आदानप्रदान गर्दै हप्ता दिनसम्म मनाइने यो पर्व प्राकृतिक प्रकोप नहोस् अन्न बाली सप्रियोस् सुव्यफाव्य होस् भन्ने कामना गरिन्छ। आफन्तजनसँगको भेटघाट तथा आपसमा शुभकामना आदानप्रदान गर्दै मनाइने यो पर्व विषेश गरि रोल्पा रुकुममा मगर बस्तीमा मनाउने प्रचलन छ।
भूमे पर्वमा मौलिक बाजाको तालसँगै मौलिक पहिरनमा सजिएर मगर युवा तथा वृद्धवृद्धा भूमे नाच बाइस ताल बाइस चालमा नाचिने यो नाच गोलो घेरा बनाई नाचिन्छ। रोल्पा जिल्लाको थबाङ देखी दाङ घोराहीमा बसोबास गर्ने मगर समुदायको यस वर्षको भूमे पर्व मानव सभ्यताको पहिचान झल्काउने पौराणिक मगर कला संस्कृति संस्कार र इतिहास झल्किने प्रदर्शन गरिएको थियो। विभिन्न क्षेत्रबाट भूमे पर्वभर समाजलाई सहयोग पुर्याउने व्यक्तित्वहरुलाई समाजले सम्मान समेत गरेको थियो।