नेपाल मगर संघ घोराही नगरको आयोजनामा भूमे पर्व उद्घाटन

घोराही । मगरहरुको पौराणिक सांस्कृतिक चाड भूमे पर्वको नेपाल मगर संघ घोराही नगर समितिले एक कार्यक्रमका बीच उद्घाटन गरेको छ ।

घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपाल मगर संघ घोराही नगर समिति आयोजक र लुगुम्याल खाम समाज सह आयोजनामा शनिबार उद्घाटन गरिएको हो ।
संघका अध्यक्ष बेद बहादुर बुढा मगरको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उप मेयर हुमा डि.सी.को प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै उप मेयर डि.सी.ले भूमे पर्व भुमी संग जोडिएको किसानको पर्व भएको बताउनु भयो । उहाले यस्ले सामाजिक सद्भाव कायम गरेको बताउनुभयो ।


भूमे पर्व मगर समुदायले हरेक बर्ष असार १ गते मनाउने गर्दछन । रुकुम तथा रोल्पाको माथिल्लो भेगमा भूमे पर्व मनाउने गर्दछन । रोल्पा र रुकुम बाट बसाइ सरेर आएका मगरहरुले दाङमा पनि भूमे पर्व मनाउदै आइरहेका छन । भूमे पर्व असार १ देखि ५ गते सम्म मनाइने लुगुम्याल खाम समाजका अध्यक्ष धर्म बहादुर बुढा मगरले बताउनुभयो ।
शनिवार लुगुम्याल खाम समाजको कार्यालयमा भएको उक्त कार्यक्रम नेपाल मगर संघ घोराही नगर समितिका का.वा.सचीव गणेश प्रताप पुन मगरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस