तुलसीपुरमा श्रीमान द्वारा श्रीमतीको धारिलो हतियार द्वारा हत्या

घोराही । दाङको तुलसीपुर उपमहानगरपालिकामा श्रीमानले श्रीमती लाई धारिलो हतियार प्रयोग गरि हत्या गरेका छन ।

शुक्रबार बिहान तुलसीपुर उप–महानगरपालिका वडा नं. ६ राप्ती टोलमा डेरा गरी बस्ने शालिकराम बुढाथोकीले शुक्रबार बिहानको समयमा आफ्नी श्रीमती टीका बुढाथोकी  र आर्यन थापालाई खुडा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख (एसपी) रामबहादुर केसीले बताए ।

शालिकराम र टीकाबीच सम्बन्ध बिच्छेद भएको प्रारम्भीक अनुसन्धानबाट जानकारी आएको एसपी केसीले बताए । खुडा प्रहार गर्ने शालिकराम नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरतका अमलदार हुन् भने आर्यन तुलसीपुरस्थित १९ नम्वर बाहिनीमा कार्यरत छन् । एसपी केसीले शालिकराम र टीकाबीच सम्बन्ध बिच्छेदको कुरा आएको सुनिएको बताउँदै तथ्य आएपछि यसबारेमा जानकारी दिने बताए । इप्रका तुलसीपुरका अनुसार पक्राउ परेका शालिकरामले गत जेठ १४ गते नै आफुहरुले सम्बन्ध बिच्छेद गरेको बयान दिए सम्बन्ध बिच्छेद कहाँ गरेको कागजात आई नसकेको जनाएको छ ।

सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नं.६ बस्ने वर्ष ३६ का शालिकराम बुढाथोकीले रुकुम (पूर्वी भाग) जिल्ला सिस्ने गाउँपालिका वडा नं. ६ घर भई हाल दाङको तुलसीपुर उप–महानगरपालिका वडा नं. ६ राप्ती टोलमा डेरा गरी बस्ने वर्ष ३१ की टीका रावत र अछाम जिल्लाको कमलबजार नगरपालिका वडा नं. ४ घर भई हाल तुलसीपुर उप–महानगरपालिका वडा नं. ६ राप्ती टोलमा बस्ने वर्ष २९ को आर्यन थापालाई खुडा प्रहार गरेको विज्ञप्तिमा उल्लेख छ ।टीका र आर्यनको अनैतिक सम्बन्ध बारे थाहा पाए पछि शालिकरामले दुबै लाई खुडा प्रहार गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान छ ।
प्रहरीले घटनाको खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिगई दुबै घाइतेलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाए पनि अस्पतालले टीका लाइ मृत घोषणा गरेको हो ।

प्रहरीले शालिकरामलाई नियन्त्रणमा लिएको छ भने घाइते आर्यन लाई राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको एसपी के सीले बताए

प्रतिक्रिया दिनुहोस