रोल्पा घर भइ हाल घोराही उपमहानगरपालिका १६ रातामाटा बस्ने ५९ बर्षिय घर्तीलाई मंगलबार समाजले रु २ लाख ७ हजार ४ सय उन्नाइस रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

समाजका सदस्य समेत रहेका घर्तीको जिब्रोमा क्यान्सर देखिएको र अप्रेसन तथा उपचारका लागि परिवारको आर्थिक अवस्थाले नधान्ने भए पछि समाजले समाजको सल्लाहकार नरसिंह पुन मगरको संयोजकत्वमा आर्थिक संकलन समिति बनाएको थियो ।
आर्थिक संयोजक पुनको अध्यक्षता तथा घोराही उपमहानगरपालिका १३ का वडा अध्यक्ष डुल्लुराम पोखरेलको प्रमुख आतिथ्यता समाजका अध्यक्ष कमल सिंह घर्तीको बिशिस्ट आतिथ्यतामा सहयोग हस्तान्तरण कार्यक्रम गरेको हो ।
प्रमुख अतिथिको आसन बाट बोल्दै अध्यक्ष पोखरेलले बिरामीको सु-स्वास्थ्य लाभको कामना गर्दै रोग लाई सामान्य रुपमा नलिन सबै लाई आग्रह गर्नुभयो। उहाले सामान्य समस्या पनि डाक्टर संग परामर्श गर्न र स्वास्थ्य निरोगी हुन आग्रह गर्दै यदि कारण वस जटिल प्रकारका रोग लागेमा स्थानीय सरकारको सिफारिसमा संघीय सरकार बाट १ लाख प्रदेश सरकार बाट दुई लाख र स्थानीय सरकार बाट ५ हजार सम्म औषधी उपचार खर्च पाइने बताउनु भयो । सरकारले मुटु, मृगौला, मेरुदण्ड, क्यासर र पार्किन्सन लगायतका कडा रोगहरुको लागि सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा क्यान्सर पीडित घर्तीकी छोरी रमिला घर्तीले रोल्पा कोटगाउँले समाज संगै विभिन्न समाज तथा ब्यक्तिगत रुपमा सहयोग गर्ने सबैलाइ धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले उपचार निरन्तर चलिरहेको र अझै आर्थिक चाहिने भन्दै बुबाको उपचारका लागि अझै आर्थिक सहयोगको लागि देश बिदेशमा रहेका दाजुभाइ दिदिबहिनीलाई अपिल पनि गर्नुभएको छ । समाजले भने जेष्ठ २ गते देखि आर्थिक संकलन अभियान बन्द गरेको छ ।
नेपाल राष्ट्रिय भुतपुर्व सैनिक संघ दाङको हलमा कार्यक्रम भएको थियो । समाजका उपाध्यक्ष रहमान खड्काको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सहजीकरण समाजका सचीव टेक बहादुर वलीले गर्नुभएको थियोे ।