राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित सिमगजमरी नाकामा पहिलो पटक एम्बुलेन्स पुगेको छ ।

 

नाका । राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित सिमगजमरी नाकामा पहिलो पटक एम्बुलेन्स पुगेको छ ।

राजपुर गाउपालिका वडा नम्बर-७ स्थिती सिमगजमरी नाका का निवासी केहि वर्ष देखी आफ्नै घर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१२ बसोबास गर्दै आउनु थियो ।  केही समय देखी दमका रोगी उहाँको श्रीमान बेद प्रसाद केसीलाइ हस्पिटल भर्ना गर्नुभएको थियोे । मा ओषधि ल्याइदिन जाने क्रममा  नम्बरको बाइकले
जेठ ९ गते रेश्मीले श्रीमान लाई औषधी ल्याने क्रममा रा ६ प ६१४१ नम्बरको बाइकले ठक्कर दिदा उहालाई उपचारको लागी राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियोे ।
सोही शव लिएर  सिमगजमरी नाकामा एम्बुलेन्स नाका पुगेको थियोे । पालिकामा एम्बुलेन्स सेवा भए पनि बाटोका कारण नाका वासीले सहजरूपमा प्रयोग गर्न पाएका छैनन । नाकको मोटर बाटो कच्ची बाटो भएका कारण बर्षातमा संचालन बन्द हुने गर्दछ । तर उक्त बाटो सहज रुपमा संचालनमा ल्याउनको लागि गाउँ टोल मिलेर खराब भएको खण्डमा बाटो मर्मत गर्ने र आवतजावत बन्द हुन नदिने राजपुर वडा नम्बर-७ का कार्यपालिका का सदस्य सन्देश बिश्वकर्मा बताउनुभयो।

नाकामा एउटा एम्बुलेन्स र राम्रो हस्पिटलको व्यवस्था भएको भए  ईन्डियाको बजार सिरसिया,लखनउ र अन्यत्र धाउनुपर्ने थिएन भन्दै सिमगजमरी नाका निवासी बालाराम गिरिले बताउनु भयो ।
नाकाको हरेक गाउँ टोल सम्म बाटो नहुदा नाकाका बासिन्दाहरु बिरामी हुँदा उपचारको लागि छिमेकी मुलुक भारतको  अस्पताल जाने गर्दछन । नेपालको लमही,घोराही,तुलसीपुर,नेपालगन्ज सम्म अस्पताल पुराउन भने बाकावासी लाई सास्ती खेप्नुपरेको नाका बासीहरुको गुनासो रहेको छ ।

हरेक निर्वाचनमा  नाकाको हरेक गाउँ टोलमा पुगेर नेताहरुले बिकासको रुपमा काम गर्ने भन्दै सोझा साझा नाकावासीलाई भासन मात्र गर्ने गरेको स्थानीयको आरोप छ ।

नाकामा बलतल्ल मोटर बाटो भएता पनि राम्रो र भरपर्दो नरहेको र त्यसमा पनि ६ महिना मोटरसाइकल,ट्याक्टर, अनि जिपहरु आवतजावत हुने गर्दछ ।

नाकामा ६ महिना चल्ने मोटर बाटो १२ महिनासम्म चल्ने भए नाकामा भनेको जस्तो र सोचेको जस्तो परिवर्तन आउन सक्ने बालाराम गिरिले बिचार व्यक्त गर्नुभयो।
राजपुर गाउपालिका अध्यक्ष शरद बुढाथोकीले पश्चिम भौवा नाका देखी पुर्व नाकासम्म मोटर बाटोको लागी मात्रै नभएर हस्पिटल,खानेपानी,विद्युत लागी  बजेट मागको लागि  पुर्ण रुपमा लागि पर्ने राजपुर बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस