मरिससमा अलपत्र परेका ताप्लेजुङका लिम्बु दम्पतीलाई रोल्पाली सेवा समाजले उद्वार गरि नेपाल ल्यायो

घोराही/ वैदेशिक रोजगारीका लागि मरिसस पुगेका ताप्लेजुङका जीवन लिम्बु र उनका श्रीमति सीता भण्डारीलाई रोल्पाली सेवा समाज रोल्पाले उद्वार गरि नेपाल ल्याएको छ। घोराही १५ स्थित मिलेनियम रेस्टुरेन्टमा शनिबार एक कार्यक्रम गरि समाजले परिवार सँग पुर्ण मिलन गराएको हो।काठमाडौं स्थित मसरिक इन्टरनेशनल ओभरसिज म्यानपावर कम्पनीबाट एक वर्ष पहिले लिम्बु र भण्डारी मरिसस पुगेका थिए। नेपालमा भनिएको जस्तो सम्झौता अनुसार मरिससमा काम र तलब नपाए पछि। अलपत्र परेका दम्पती नेपाल फर्कन समेत सकेका थिएनन्। रोल्पाली सेवा समाज रोल्पाको पहल र केन्द्रिय अध्यक्ष दिलाराम वलीको सक्रियताले लिम्बु र भण्डारी नेपाल आइपुगेका हुन। भण्डारीको माइतीघर दाङको घोराही ल्वास्वर हो।हामीले नेपाल फर्कन करिबकरिब आस माया मारि सकेका थियौं। दुई जनाले करिब ४ लाख रकम म्यानपावर र एजेन्टलाई बुझाएर गएका थियौ। ऋण तिर्न अझै सकेका छैनौं। रोल्पाली सेवा समाजले हामीलाई ठुलो मद्दत र उद्वार गर्‍यो र नेपाल आइपुगेका छौं। भन्दै लिम्बु दम्पतीले समाजलाई धन्यवाद प्रकट गरे। सबै कुरा बुझेर सिकेर मात्र विदेश जान मसेत सल्लाह दिए।

क्यान्सर पीडितलाई आर्थिक सहयोग हस्तान्तरण

लामो समय देखि क्यान्सर रोगबाट ग्रसित रामकली डाँगीलाई रोल्पाली सेवा समाजले ५२ हजार १ सय ४६ रुपैया सहयोग रकम हस्तान्तरण गरेको छ।रोल्पा परिवर्तन गाउँपालिका २ राङ्सी निवासी डाँगीलाई आमा सयमा क्यान्सर रोग देखा परेको छ। उपचारमा थप सहयोग पुगोस् भनी रोल्पाली सेवा समाज रोल्पा दाङ शाखाका वरिष्ठ उपाध्यक्ष भिमसेन डाँगीको संयोजकत्वमा संकलन सो रकम डाँगीकी श्रीमान वीरसिङ डाँगीलाई हस्तान्तरण गरिएको हो।

आफ्नो श्रीमतिलाई आमासयमा क्यान्सर रोग भएको डाक्टरको सल्लाह अनुसार २१/२१ दिनमा ३० हजार रुपैया बराबरको किमो चढाउनु पर्ने छ। विगत ६ महिना देखि भरतपुर क्यान्सर अस्पतालमा उपचार भैरहेकाले सबैले सहयोग गरि श्रीमति बचाउनका लागि सहयोगको याचना समेत गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि घोराही १४ का निवर्तमान अध्यक्ष समाजका सल्लाहकार शक्तिराम डाँगीले प्रमुख अतिथिको आसनबाट बोल्दै सरकारले गर्न नसकेको काम रोल्पाली सेवा समाजले गरेको उदाहरण धेरै छ्न्। समाजले अझै रोल्पाली र गैर रोल्पालीको हितका लागि निस्वार्थ रुपमा काम गर्दै जाने छ। स्वार्थ बोकेका जोकोही अतालिनु पर्ने कुनै कारण नभएको बताउनु भयो। मरिससबाट फर्किएका दम्पतीलाई शुभकामना दिदै क्यान्सरबाट थलिएका डाँगीलाई स्वस्थ्य लाभको कामना समेत व्यक्त गर्नुभयो।

यसै गरि विशिष्ट अतिथि रोल्पाली सेवा समाजका केन्द्रिय अध्यक्ष दिलाराम वलीले अब देखि कुनै पनि सहयोग र उद्वार गर्दा पिडित पक्षले समाजमा निवेदन दिनु पर्ने छ। निवेदन परेको खण्डमा मात्रै छानबिन गरि लाग्ने बताउनु भयो। केन्द्रिय सल्लाहकार कैलाश रोका मगर, मनिषा पुन र मलेसिया शाखाका सुर्य घर्ती मगरले मन्तव्य राख्नु भएको थियो। केन्द्रिय कोषाध्यक्ष निशान वली दाङ शाखा वरिष्ठ उपाध्यक्ष भिमसेन डाँगी,सल्लाहकार जीवन घर्ती मगर, ओम प्रकाश वली र केन्द्रिय प्रेस संयोजक डिबी बुढाथोकी र दाङ शाखाका प्रेस संयोजक कैलाश घर्ती मगरको समेत उपस्थिति रहेको थियो।

  1. दाङ शाखाका अध्यक्ष ओम प्रकाश वलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन शाखाका महासचिव घनश्याम गिरिले गर्नु भएको थियो। कार्यक्रममा भिमसेन डाँगी, देउचन वली, जगुमति बुढा र एलिना बुढालाई आर्थिक सहयोग संकलन संयोजकत्व भुमिका निर्वाह गरेकोमा कदर पत्र खादाले समाजको तर्फबाट प्रमुख अतिथि विशिष्ट अतिथि अतिथिहरुले सम्मान गर्नुभएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस