राजपुरको हाडबासका अग्नि पीडितलाइ नेकपा एमाले दाङले गर्‍यो राहत वितरण

बैशाख १४। आइतबार आगलागीका कारण बस्ती नै जलेर नस्ट भएको राजपुर ७ हाडबासमा नेकपा एमाले दाङले सोमबार राहत वितरण गरेको छ ।


जिल्ला अध्यक्ष हुकुम बहादुर बस्नेत तथा सचिब मनोहर बुढाथोकी  सहितको टोलिले पीडितहरुलाइ प्रती घर १ बोरा चामल १/१ प्याकेट नुन र  तेल वितरण गरेको छ । आगोका कारण घर बास गुमाएका पीडित लाई तत्कालका लागि आफ्नो पार्टीको तर्फ बाट सानो भएपनी सहयोग गरेको अध्यक्ष बस्नेतले बताउनुभयो ।  बस्नेतले बस्ती नै जलेको यस दुखको घडीमा आफू र आफ्नो पार्टी दुखी रहेको र यस पिडामा पार्टी पीडित संगै छ भन्ने सन्देश सहित यहाको स्थिति बुझ्न जिल्ला पार्टी नै यहाँ आएको उहाले बताउनु भयो ।

त्यस्तै सचीव बुढाथोकीले ले यहाँको पीडितको समस्या हल गर्न कुनै कसर बाकी नराखी अगाडि बढ्न राजपुर ७ का वडा अध्यक्ष पुष्कर वलीलाई आग्रह गर्नु भयो । उहाले यहाको तत्कालीन समस्या मात्र नभइ यहाको बस्तिको दीर्घकालीन समाधान सहित वडा तथा पालिका लाई काम गर्न भन्दै यसका लागि नेकपा एमाले दाङ सधैंव साथ सहयोग गर्न तत्पर रहेको बताउनुभयो । वडा अध्यक्ष वलीले वडा तथा पालिकाले यहाको समस्या हल गर्न दिनरात खटेको र सम्पुर्ण राजनीतिक दल  बुद्धिजीवी तथा संघ संस्थाले सहयोग गर्न आग्रह गर्नुभयो ।
आगोले पुरै बस्ती खरानी बनाएको हाडवास बासीले तत्काल खानेपानीको चरम अभाव भएको र त्यस्को समाधान गरिदिन अनुरोध गरेका छन । खानेपानीको मुहान बाट आएको पाइप आगोले जलाए पछि उक्त बस्तीमा पानीको चरम अभाव भएको छ । त्यस्तै उच्च हावाहुरीका कारण त्रिपालको टहरा बनाउन सकिने अवस्थ नरहेको स्थानीयको भनाइ छ जस्का कारण रातमा खुल्ला आकाश र दिनमा टंटलापुर घामको सामना गर्न परेको छ ।


राहत वितरणका लागि युवा संघ नेपाल केन्द्रिय सदस्य देबु बस्नेत किसान महासंघ प्रदेश कोषाध्यक्ष प्रेम बुढा मगर किसान महासंघ प्रदेश समिति सदस्य साजन बुढा मगर किसान महासंघ दाङ जिल्ला अध्यक्ष केशव गिरि लोकतान्त्रिक मगर संघ केन्द्रिय सदस्य रबिलाल घर्ती लोकतान्त्रिक मगर  संघ दाङ जिल्ला अध्यक्ष इश्वर कुमार बुढा मगर तथा समाजसेवी कर्ण बहादुर बुढा मगर पुग्नु भएको हो । त्यस्तै  नेकपा एमाले राजपुर गाउपालिका अध्यक्ष हेम कुमार जि.सि. महिला किसान महासंघ लुम्बिनी प्रदेश सचीव गोमा अधिकारी तथा नेकपा एमाले दाङ जिल्ला सदस्य बालाराम पौडेलको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस