रोल्पा/ नेकपा माओवादीको दश वर्षे जनयुद्धको आधार क्षेत्र मानिएको रोल्पाको थाबाङबाट नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी र मंगोल नेशनल अर्गनाइजेसन त्याग गरि शनिबार दर्जनौं युवा नेकपा एमालेमा प्रवेश गरेका छन। जसमा हिका झाँक्री,मोहनसिंह झाँक्री,चाम रोका,इर्ख पुन,हरिधन बुढा,सतमान रोका,शेर बहादुर बिक,भुम्ब नेपाली,कमारी नेपाली,भुमिका नेपाली,चिमा बुढा,जैकुमारी बुढा,आश पूरा बिक,शर्मिला नेपाली,धन कुमारी बुढा,मुल बहादुर नेपाली दलु नेपाली,अणखे नेपाली,हिमाल नेपाली,भागपुरा नेपाली,धन नेपाली,धन कुमारी पुन,सुमित्रा नेपाली,लक्ष्मी नेपाली,कल्पना रोका,वीर कुमार रोका,सपना रोका,जाल सुनार,रविना सुनार,रचना नेपाली,जोर पुन,हिकु नेपाली,शिर धनी रोका,राजेन्द्र बुढा,फर्कमान बिक,मस्त रोका,पुर्ण बहादुर बुढा,र विन नेपाली रहेका छन्।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा रुकुम पुर्वका पार्टी इन्चार्ज नवीन रोकाको प्रमुख आतिथ्य र केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका संसद यमुना रोकाको विशिष्ट आतिथ्यमा शहिद स्मृति भवन थबाङ १ मा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। थबाङ गाँउपालिका १ र २ बाट नेकपा एमालेमा प्रवेश गरेका हुन। नव प्रवेशी कार्यकर्तालाई टीका र फुलको माला लगाइ स्वागत गरिएको थियो। नव प्रवेशीहरु सँङै थबाङ गाउँपालिका १ मा नारा जुलुस र्याली सहित बजार परिक्रमा गर्दै। शहिद चोकमा पुगि कोण सभामा कार्यक्रम परिनत भएको थियो।
प्रमुख अतिथी नेकपा एमाले केन्द्रिय सदस्य रुकुम पुर्व इन्चार्ज नवीन रोका विशिष्ट अतिथी केन्द्रिय सदस्य लुम्बिनी प्रदेश संसद यमुना रोका प्रदेश कमिटी सदस्य विनोद रोका मगर (विक्रान्त) प्रदेश कमिटी सल्लाहकार राम कुमार रोका मगर,जिल्ला पार्टी कमिटी अध्यक्ष अमृत बुढा,उपाध्यक्ष विजय कुमार घर्ती,नेपाल कम्युनिस्ट पार्टीका जिल्लाका एभरेस्ट ,पुर्व मान्य मिना बुढा,जिल्ला सचीव नेप बहादुर थापा,पुर्व जिल्ला सदस्य मनोज बुढा मगर, पुर्व सदस्य राम कुमार रोका,विनोद रोका र युवा संघ जिल्ला उपाध्यक्ष स्वर्णिम रोकाको समेत उपस्तिथि रहेको थियो। धन कुमार रोका मगरको अध्यक्षतामा भएको कोण सभा कार्यक्रमको संचालन हिक्मत घर्ती मगरले गर्नुभएको हो।
पछिल्लो समय रोल्पामा नेकपा एमालेको पकड र गतिविधि बढेको देखिन्छ। केन्द्रिय सदस्य नवीन रोका र यमुना रोकाले विभिन्न पार्टीका कार्यकर्ता खास गरि माओवादी केन्द्रमा रहेका कार्यकर्तालाई नेकपा एमालेमा ल्याउने रणनीति अपनाएको बुझ्न सकिन्छ।
नेकपा एमाले थबाङ गाँउपालिकाको दोस्रो अधिवेशन पनि सम्पन्न भएको छ। सो अधिवेशनबाट धनकुमार बुढा मगरको अध्यक्षतामा २५ कार्यसमिति चयन गरिएको छ। उपाध्यक्ष विसम रोका मगर,सचीव रास बहादुर घर्ती मगर,उप सचीव विजय नेपाली,उप सचीव जीतमाया घर्ती, सदस्य लिल बहादुर घर्ती,पुर्ण कुमारी बुढा,जाल रोका,सुनसरा बिक,धन प्रसाद पुन,पर्मिला पुन,इक प्रसाद बुढा,गिरी पुन,शैलेन्द्र बुढा,शुव शान्ती रोका,दिल्को नेपाली,हिका झाँक्री,कर्मपुरा रोका,जीवन घर्ती,नर बहादुर घर्ती,राजेन्द्र घर्ति,जैकुमारी घर्ती,स्वर्णिम रोका र दिपक बुढा रहेका छ्न्। नव प्रवेशी कार्यकर्ता र अधिवेशनबाट चयन भएका पार्टी कार्यकर्ता पदाधिकारीलाई केन्द्र,प्रदेश,जिल्ला तहका नेताहरुले सफल कार्यकालको शुभकामना दिनुभएको थियोे।