दाङमा यात्रुबाहक बस आपसमा ठोकिँदा दर्जनौं यात्रु घाइते भएका छन ।
लमही नगरपालिका -३ वनगाउँमा बुटवल बाट सुर्खेत जाँदै लु१ख ७३६३ नम्बरको बस र तुलसीपुर बाट बुटवल जाँदै गरेको रा१ख २५८१ नम्बरको बस एक आपसमा ठोक्किदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो
दुर्घटनामा दुबै बसमा सवार केही यात्रु गम्भीर घाइते र केही यात्रु समान्य घाइते रहेको प्रहरीले बताएको छ ।

सामान्य घाइतेहरुको गम्भीर घाइतेलाइ बाहिर पठाउने र सामान्य बिरामी लाई लमही उपचार भइरहेको छ । लमही नगरपालिका-४ अध्यक्ष सुवास न्यौपाने लमही अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई बाहिर पठाउने तयारी भैरहेको छ ।
घटनामा घाइतेहरुको विवरण भने आइपुगेको छैन ।