दाङ देउखुरी १०-चैत दाङको देउखुरीमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार राजपुर गाउँपालिका-५ नौसहरा निवासी करिब २४ वर्षका प्रमोद यादव रहेको राजपुर गाउँपालिका ७ का स्थानीय झग्गी सार्कीले बताएका छन् । राजपुर गाउँपालिका-५ जंग्रहवा र नौसहरा बिचमा रहेको कोरियाखोला पुल नजिक गंगदी तर्फ जाँदै गरेका रा १ ख २३६० नम्बरको यात्रु बस र रा ७ प २०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । त्यस्तै दुर्घटनामा सोही गाउँका २४ वर्षिया प्रदीप यादव गम्भीर घाइते भएका छन । भने घाइते प्रदीपको लमही अस्पतालमा सामन्य उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनुभएको छ। उनको हात भाँचिएको छ भने शरीरको अन्य भागमा गहिरो चोटपटक लागेको छ । ठक्कर दिने बस र चालक फरार भएको त्यहाँका स्थानीयहरुले जानकारी दिएका छन ।