घोराही । दाङमा टिप्परको ठक्कर बाट एक जना को ज्यान गए पछि घोराही लमही सडक अबरुद्ध बनेको छ ।

घोराही उपमहानगरपालिका १७ भैसाहिका साईकलमा सवार ४५ बर्षिय कालीप्रसाद चौधरीलाई गयराती नम्बर नखुलेको टिप्परले ठक्कर दिदा मृत्यु भएको हो । मृतकका आफन्तले ठक्कर दिने गाडी तथा चालक पक्राउको माग राख्दै घोराही लमही सडकमा टायर बालेर सडक अबरुद्ध गरेका छन ।
माध्यमिक विद्यालय डाँडागाँउ गोग्ली, दाङमा कार्यरत कार्यालय सहयाेगीको रुपमा कार्यरत स्वर्गीय चौधरीको हिजो साझ विद्यालयमा जाने क्रममा टिप्परको ठक्करवाट दुर्घटनामा परी ज्यान गुमाएको हुन ।

सडक अवरुद्ध भए पछि तुलसीपुर र घोराही बाट जाने तथा आउने लामा र छोटा दुरिका गाडी चल्न सकेका छैनान भने काठमाडौ तथा विभिन्न स्थान बाट आएका सवारीसाधन जाममा परेका छन । सडक अवरुद्ध भएपछि यात्रु पैदल यात्रा गर्दै घोराही सम्म गइरहेका छन ।
यता जिल्ला प्रहरी कार्यालय दाङले प्रेस नोट जारी गर्दै टिपर चालक र टिप्पर नियन्त्रणमा लिएको बताएको छ । प्रहरीले रा १ ख २१६२ नम्बरको असोक लेल्याण्डले ठक्कर दिएको र चालक घोराही उपमहानगरपालिका १७ बस्ने सुनिल चौधरी रहेको बताएको छ । टिप्परको ठक्कर बाट घाइते चौधरीलाई राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठा घोराहीमा उपचार गर्दै गर्दा मृत्यु भएको जनाएको छ ।