नेपालका प्रथम सहिद क्या.लखन थापाको १४७ औं स्मृतिसभा सम्पन्न

मगर संघ घोराही नगर समितिले नेपालका प्रथम सहिद क्या.लखन थापाको १४७औं स्मृति दिवस मनाएको छ। नगरका अध्यक्ष बेद बहादुर बुढा मगरको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रवक्ता एवं शिक्षा समितिका संयोजक राममणि पाण्डेको प्रमुख आतिथ्यतामा तथा नेपाल मगर संघ केन्द्रीय अनुशासन समितिका सदस्य कर्ण बुढा मगर चलचित्रकर्मी गिरप्रसाद पुन मगरको बिशिस्ट आतिथ्यतामा कार्यक्रम भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि पाण्डेले लखन थापाको स्मृति कुनै एक समुदायले मात्र नभै राज्यले नै गर्नुपर्ने बताउनुभयो। प्रमुख अतिथि पाण्डेले जनताको पक्षमा तत्कालीन राणा साशनको ज्यादतीको विरुद्ध बोल्दा हत्या गरिएको बताउदै उहाँकै बिद्रोहको जगमा व्यबस्था परिवर्तनको सम्भव भएको बताउनुभयो।

उहाँले भन्नुभयो “व्यवस्था परिवर्तन गर्न सहिद भएका थापाको सम्मान आम नेपाली र राज्यले गर्नु पर्छ ।” प्रमुख अतिथि पाण्डेले थापाको स्मृति दिवस मनाएकोमा धन्यवाद दिदै मगर समुदायले जग्गाको ब्यबस्थापन गर्न सके मगर संग्राहलयको लागि आफुले आर्थिक पहल गर्ने प्रतिबद्धता गर्नुभयो।

त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथिको आसन बाट बोल्दै नेपाल मगर संघ केन्द्रीय अनुशासन समितिका सदस्य कर्ण बुढा मगरले राज्यले लखन थापालाइ सम्मान नगरेको बताउनुभयो। उहाँले राज्यले जनदबाबमा सहिद घोषणा गरेपनी सहिदको रुपमा अझै अस्विकार गरेको बताउनुभयो।

नेपाल मगर संघ दाङ शाखाको सभा हलमा भएको कार्यक्रममा नेपाल मगर संघका पूर्व केन्द्रीय सल्लाहकार पूर्णकुमारी पुन, नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य कैलाश रोका मगर, नेपाल मगर संघ दाङका उपाध्यक्ष प्रेमबहादुर बुढा मगर, मगर संघ घोराहीका पूर्वअध्यक्ष नरबहादुर घर्ती मगर, मगर युवा क्लवका संस्थापक लिलाबहादुर घर्ती मगर, क्लवका पूर्वअध्यक्ष नारायणी पुन, लगायतले प्रथम सहिद लखन थापाको योगदानको चर्चा गर्दै उहाँ‘प्रति सम्मान व्यक्त गर्नुभएको थियो। स्मृति कार्यक्रमपछि घोराही–१४ स्थित लखन पार्कमा पुगेर सहिद लखन थापाको प्रतिमामा माल्यार्पण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस