विदेशिएको दुई महिना नपुग्दै शव आयो

गत मंसिरमा परिवार संग छुट्टिएर रोजगारीका लागी विदेश पुगेका रोल्पा माडी गाउँपालिका ५ भाबाङ पवित्रा घर्ती मगर दुर्भाग्य साइप्रस पुगेको आठौं दिनमै आकस्मिक मृत्युवरण गर्नुपर्‍यो।यो

मंसिर १३ मा साइप्रस पुगेका २० वर्षीय मगरको मंसिर २० मै मृत्युु भएको खबर परिवारलाई आएको थियो।शव भने यहि माघ ५ शुक्रवार मात्र आइपुगेको छ। शव ल्याउन झण्डै दुई महिना लाग्यो।

मृतक मगर कुवेत तीन वर्ष बिताइ फेरी दोस्रोपटक रोजगारीका लागी काठमाडौ स्थित शलमा हुमन नाम रहेको मेनपावर कम्पनीलाई मोटो रकम बुझाइ साइप्रस पुगेका थिए।

प्रतिक्रिया दिनुहोस