मगर समुदायको मौलिक भेषभुषा,भाषा,कला,संस्कार,संस्कृति र पहिचान लाई संरक्षण,प्रबर्द्धन गर्ने उद्देश्यका साथ नेपाल मगर संघ मलेसियाले मगर जातिको महान चाड माघे संक्रान्ति र मगर दिवसकोअवसरमा शुभकामना आदानप्रदान २०८० कार्यक्रम फेब्रुअरी ११ तारिख २०२४ मा ‘जेट होटेल जेवी’ मा मनाउने तयारी भएको तिपेन्द्र बुढमगरले जानकारी गराउनु भयो।बुढामगर नेपाल मगर संघ मलेसियाको केन्द्रीय सदस्य हुनुहुन्छ।
सन् २००६ देखी मलेसियामा स्थापित नेपाल मगर संघ मलेसियाले विगतका बर्षमा गरेको झै यसपाली पनि शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको हो।साथै जोहोर क्षेत्रीय कमिटीको अधिवेशन पनि त्यसै दिन हुनेछ।कार्यक्रम उत्साहजनक हुने अध्यक्ष पुश्मिता ठाडामगरको ठम्माई छ।
कार्यक्रममा स्थानीय कलाकार,नेपाल मगर संघ मलेसियाका कलाकार र जोहोर क्षेत्रीय समितिका कलाकारहरुले मगरहरुको संस्कार,संस्कृति झल्काउने विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरु पस्किने तयारी पनि भैरहेको बताइएको छ।मलेसिया स्थित नेपाल मगर संघले आफ्नो जातीय समुदायको संस्कृतिलाई प्रवासमा प्रचारप्रसार गरेर विश्व सामु चिनाउने साथै दुखी पीडित नेपाली श्रमिकहरुलाई आर्थिक भौतिक सहयोग गर्ने गरेकोछ।
संस्थाले मलेसियामा रहेका मगर,गैर मगर,संघ,संस्था,ब्यापारी बुद्धिजीवी,पत्रकार,खेलप्रेमी लगाएत सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागी अनुरोध समेत गरेको छ।कार्यक्रममा खाजा नास्ताको पनि ब्यबस्था गरिएको छ।