पुर्व जनमुक्ति सेना ब्रेगेट कमान्डरको घर पुनर्निर्माण गर्दै  माओवादी केन्द्र घोराही नगर कमिटी

घोराही । बर्षातका कारण घर भत्किएपछि नेकपा माओवादी केन्द्र घोराहीले पुर्व जनमुक्ति सेनाको घर पुनर्निर्माणमा लागेको छ ।

हर्कमन बुढा आकर्षण

हर्कमन बुढा आकर्षण

घोराही उपमहानगरपालिका १२ स्थित रमनामा पुर्व जनमुक्ति सेनाका बृगेट कमान्ड हर्कमन बुढा आकर्षणको घर पानीले भत्किएपछि माओवादी केन्द्र घोराही नगर कमिटीले श्रमदानबाट घर पुनर्निर्माण गर्न लागेको हो । गत भदौको पानीले घरको पुर्व तिरको भाग भासिएको र चर्किएपछि बस्न खतरापूर्ण रहेकाले पुनर्निर्माण गर्न पार्टीले सहयोग गरेको बुढाले बताए । पार्टीले पहिले देखिनै श्रम सहयोग गर्ने गरेको र आज आफुलाइ आपतको बेला पार्टी नै उपस्ति भएको देख्दा खुसी लागेको बताए ।

जनयुद्धकालमा आफ्नो कुशल कमान्डर हर्कमान बुढाको घर यसरी प्राकृतिक बिपत्तमा परि भत्किएकोले आज आफुहरु एक दिने श्रम सहयोग मार्फत पुनर्निर्माणमा लागेको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा घोराही नगर इन्चार्ज तुल्सी डागी (मिलन) ले बताउनुभयो । उहाले पार्टी यतिखेर देशै भर भएको प्राकृतिक बिपत्तको कारण भएको मानवीय क्षतिमा शोक व्यक्त गर्दै यसबाट परेको भौतिक क्षतिको पुनर्निर्माणमा लागेको बताउदै यसरी नै सदैव पार्टी अगाडि बढ्ने बताउनुभयो ।


इन्चार्ज संगै नेकपा माओवादी केन्द्र घोराही नगर कमिटी अध्यक्ष खिम बहादुर चौधरी उपाध्यक्ष दिलकुमारी बुढा सचीव बसन्त चौधरी १२ नम्बर वडा इन्चार्ज पुर्ण बहादुर बुढा (बिपिन) १४ नम्बर वडा सचीव खिम बहादुर नाथ अखिल युवा महिला संघ केन्द्रिय सदस्य लक्ष्मी घमाल लगायत सम्पुर्ण नगर कमिटीको उपस्तिथि रहेको छ ।

प्रतिक्रिया दिनुहोस