अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटीको दोस्रो पुर्ण बैठक सम्पन्न

दाङ देउखुरी/नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटीको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ।लुम्बिनी प्रदेश अनेरास्ववियु कमिटीका अध्यक्ष सन्तोष बाँठा मगरको अध्यक्षतामा र संगठनका केन्द्रिय कमिटीका सचिव विनिता काफ्लेको प्रमुख आथित्यतामा शनिबार दाङको राप्ती गाउँपालिको सभा हलमा सम्पन्न भएको हो।

सो बैठकबाट लुम्बिनी प्रदेशका नौ वटा जिल्लामा साउन महिना भर जिल्ला अधिबेशन गर्ने निर्णय भएको छ। जसमा बर्दियामा १६ र १७ गते,नवलपरासी १८ र १९ गते, पाल्पा २० र २१ गते, गुल्मी २२ र २३ गते, अर्घाखाँची २४ र २५ गते, प्युठान २६ र २७ गते, पुर्वी रुकुम २८ र २९ गते, दाङ ३० र ३१ गते कपिलवस्तु ३२ गते र भाद्र १ गते तोकिएको छ। जिल्ला अधिबेशन भव्य रुपमा सम्पन्न गर्न तयारीलाई तिब्र पारिएको बाँठा मगरले जानकारी दिनुभयो।लुम्बिनी प्रदेश संगठनका उपाध्यक्ष मदन भण्डारीको शुभकामना मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख वक्ताको रुपमा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य हुनुहुन्थ्यो। यसै गरि स्थायी कमिटी सदस्य लुम्बिनी सह-इन्चार्ज लेखनाथ खनाल, नेकपा एमाले प्रदेश सदस्य विद्यार्थी इन्चार्ज सुस्मा खनाल साथै संगठनका केन्द्रिय सदस्य आयोजक सदस्यहरुले पालैपालो आफ्नो मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको संचालन लुम्बिनी प्रदेश कमिटी सचिव रमेश ढकालले गरेका थिए।

प्रतिक्रिया दिनुहोस