नव नियुक्त मन्त्रीलाई बधाई तथा सम्मान कोर्चाबाङ समाजको

घोराही/रोल्पा कोर्चाबाङ समाज सेवा समिति दाङले लुम्बिनी प्रदेशका नव नियुक्त मन्त्री दीपेन्द्र कुमार पुनलाई समाजले आफ्नै कार्यलयमा एक कार्यक्रम राखी बधाई तथा शुभकामना दिएको छ।

मन्त्री पुनले जन्म घर रोल्पाको कोर्चाबाङ भए पनि दाङ बसेर सामाजिक काम कार्यहरू प्रसंसा योग्य समाजले गरेको उल्लेख गर्नुभयो।यति मत्र नभएर दाङमा रहेका अन्य समाज संस्थाले रोल्पा कोर्चाबाङ सेवा समाज समितिलाई प्रशंसा गर्ने गरेको आफुले पाएको समेत बताउनु भयो।  नेकपा माओवादी केन्द्रबाट विद्रोह गरि स्वतन्त्र धारा चिन्हबाट २०७९ मा रोल्पा १ ख बाट विजय हुनुभएको थियो। पछि पुनः नेकपा माओवादी केन्द्रमै फर्किनु भएको हो। अहिले माओवादी केन्द्रबाट प्रदेश मन्त्री बन्नुभएको हो।

समाजका अध्यक्ष नन्द बहादुर घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समाजका सचिव महावीर घर्तीमगरले गर्नुभएको थियो। कार्यक्रममा समाजका कार्य समिति सल्लाहकार लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस