दाङ। जिल्ला प्रहरी कार्यालय दाङले अवैध रूपमा नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्ने सवारी साधनमाथि कडा निगरानी गर्दै कारबाहीलाई तीव्र बनाएको छ।
प्रहरीका अनुसार मिति २०८२ चैत ०१ गतेदेखि २०८२ चैत ०७ गतेसम्म जिल्लाका विभिन्न स्थानहरूमा अवैध उत्खननमा संलग्न सवारी साधनहरूलाई नियन्त्रणमा लिइएको हो। सो अवधिमा प्रहरी टोलीले ८ वटा ट्र्याक्टर नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको जनाएको छ।
नियन्त्रणमा लिइएका सवारी साधनबाट रु २ लाख ८ सय नौ रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। साथै, उक्त सवारी साधनहरू सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको पनि जनाइएको छ।
प्रहरीले वातावरण संरक्षण तथा कानुनी व्यवस्था कायम गर्न यस्ता अवैध गतिविधिविरुद्ध कारबाहीलाई निरन्तरता दिने जिल्ला प्रहरी कार्यलयका दाङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम वोहराले जानकारी दिनुभयो।