दर्शकको मागपछि घाेराही मेलामा भोलिदेखि ‘जलपरी’ प्रदर्शन गरिने

घोराही । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को आठौँ दिन अर्थात् भोलिदेखि दर्शकको अत्यधिक मागका कारण जलपरी प्रदर्शन सुरु गरिने भएको छ ।

आयोजक संस्था नेपाल मगर सङ्घ घाेराही नगर समिति अध्यक्ष बेदबहादुर बुढामगरले दर्शकहरूको निरन्तर आग्रह र उत्सुकतालाई मध्यनजर गर्दै भोलिदेखि जलपरी प्रदर्शन सुरु गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार मेलाको सुरुवातदेखि नै दैनिक रूपमा दर्शकहरूले जलपरी प्रदर्शनको माग गर्दै आएका थिए ।

“दर्शकको चाहना र उत्साहलाई सम्मान गर्दै आठौँ दिनदेखि जलपरी प्रदर्शन समावेश गरिएको हो अध्यक्ष बुढामगरले भन्नुभयो, “यसले मेलाको आकर्षण थप बढाउने अपेक्षा गरेका छौँ ।

पर्यटन, संस्कृति र मनोरञ्जनलाई एकसाथ प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘माघे मेला–२०८२’ ले हरेक दिन नयाँ–नयाँ कार्यक्रम थप्दै दर्शकलाई आकर्षित गरिरहेको छ। जलपरी प्रदर्शन थपिएसँगै मेलामा दर्शकको चाप अझ बढ्ने आयोजकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस