दाङ / समाजमा व्याप्त लागू औषध दुर्व्यसन र लैंगिक हिंसा रोकथाम तथा न्यूनीकरण गर्ने उदेश्य अनुरुप आज घोराही उपमहानगरपालिका वडा नं. ११ पलासिपुर स्थित वडा कार्यालयको प्राङ्गनमा नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेश दाङको सहकार्य, जिल्ला प्रहरी कार्यालय दाङको समन्वय र घोराही उपमहानगरपालिका वडा नं. ११ वडा कार्यालयको आयोजनामा लागू औषध दुर्व्यसन र लैंगिक हिंसा नियन्त्रण सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कुल बहादुर लामिछाने ज्यूको अध्यक्षता, नेपाल प्रहरी श्रीमती संघ केन्द्रीय अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यूको प्रमुख आतिथ्यता, घोराही उपमहानगरपालिकाकी उप-प्रमुख श्रीमती हुमा डि.सी.ज्यू, प्रमुख जिल्ला अधिकारी श्री कृष्णप्रसाद लम्साल ज्यू, लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख प्र.ना.म.नि.श्री कुवेर कडायत ज्यू र नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश अध्यक्ष श्रीमती निलम कडायत ज्यूको विशिष्ठ आतिथ्यता एवं जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिना, नार्कोनन् नेपाल लुम्विनी प्रदेश संयोजक वसन्त पुन, सकारात्मक सोच अभियान दाङ जिल्ला संयोजक तथा महेन्द्र वहुमुखी क्याम्पस दाङका उप–प्रध्यापक सुन्दर गौतम, स्थानीय जनप्रतिनिधिहरु, वडा कार्यालयका कर्मचारीहरु, विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रधानाध्यपकहरु,पशुपति विद्याश्रम नारायणपुर,माध्यामिक विद्यालय खैरा लगायत बिद्यालयहरुमा अध्यापनरत शिक्षक तथा अध्ययनरत विद्यार्थीहरु, नेपाल प्रहरी श्रीमती संघका कार्य समिति सदस्यहरू, स्थानीय आमा समुह, स्थानीय नागरिकहरु लगायतको सहभागितामा रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाको स्वागत मन्तव्य तथा कार्यक्रमको उदेश्यबारे प्रष्ट पार्दै सुरु गरिएको कार्यक्रममा नार्कोनन नेपाल लुम्विनी प्रदेश संयोजक वसन्त पुनले लागू औषधको परिचय, लागू औषध दुर्व्यसनीमा देखिने लक्षण, दुर्व्यनबाट बच्ने उपाय, लागू औषध नियन्त्रण गर्न समुदाय र बिद्यार्थीहरुको भूमिका लगायत विषयमा र सकारात्मक सोच अभियान दाङ जिल्ला संयोजक तथा महेन्द्र वहुमुखी क्याम्पस दाङका उप–प्रध्यापक सुन्दर गौतमले बाल विवाह, बहु विवाह, लैंगिक हिंसा जस्ता सामाजिक विकृती र विसंगती रोकथाम तथा न्यूनीकरण सम्वन्धमा सचेतनामूलक प्रशिक्षण दिनु भएको थियो।
कार्यक्रमका विशिष्ठ अतिथि लुम्विनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कठायतले लागू औषध तथा लैंगिक हिंसाको कारण आत्महत्याको घटना बढी हुने गरेको, लागू औषध दुर्व्यसन न्यूनीकरण गर्ने परिवार बीच दैनिक गतिबिधिको वारेमा छलफल गर्नु पर्ने, अभिभावकहरुले बालबालिकाहरुको लागि समय दिनु पर्ने, लागू औषध मात्र नभई मादक पदार्थ, सुर्ति जन्य पदार्थ, मोवाईलको धेरै प्रयोग जस्ता लतहरु त्याग्नु पर्ने, घर परिवार भित्रै हुने लैंगिक हिंसा नियन्त्रण गर्नु पर्ने र समाजमा देखा पर्ने विकृती र विंगसतीलाई निरुत्साहित पार्न समुदाय नै लाग्नु पर्ने धारणा व्यक्त गर्नु भएको थयो ।
कार्यक्रममा मन्तव्य दिने क्रममा कार्यक्रममा विशिष्ठ अतिथि घोराही उपमहानगरपालिकाका उप-प्रमुख हुमा डि.सी.ले लागू औषध दुर्व्यसन आगोको मुस्लो जस्तो फैलिरहेकोले यसलाई नियन्त्रण गर्नु अनिवार्य रहेको, लागू औषध कै कारण अपराधिक क्रियाकलाप समेतको वृद्धी भई रहेकोले कहि कतै लागू औषध सेवन गरेको थाहा पाएमा नजिकैको प्रहरी कार्यालय तथा स्थानीय जनप्रतिनिधिहरुलाई खबर गर्न अनुरोध गर्दै घर परिवार मै समेत पिडा भुलाउने बहानामा लागू औषध, मादक पदार्थ सेवन गर्ने गरेकोले त्यस्ता कार्यलाई पुर्ण रुपमा निरुत्साहित गर्न अनुरोध गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुवरले कार्यक्रमको आयोजक तथा सहकार्य गर्ने कार्यालयहरुलाई धन्यवाद ज्ञापन गर्नुको साथै सचेतनामूलक कार्यक्रमबाट समाजमा घट्ने विकृती न्यूनीकरण हुने, लागू औषध तथा लैंगिक हिंसा नियन्त्रण एक व्यक्ति वा संस्थाबाट मात्र नसकिने हुदाँ समुदाय, स्थानीय जनप्रतिनिधि, प्रहरी लगायत विभिन्न सरोकारवाला निकायहरु बिच सहकार्य र समन्वय गर्नु पर्नेमा जोड दिनु थियो ।
कार्यक्रमका सभाध्यक्ष तथा घोराही उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कुल बहादुर लामिछानेले प्रमुख अतिथि, विशिष्ठ अतिथि, अतिथि, प्रशिक्षक लगायत सहभागि सम्पुर्णमा धन्यवाद ज्ञापन गर्नु भई समापन गरिएको कार्यक्रमको सहजिकरण जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक शारदा उप्रेतीले गर्नु थियो ।
साथै उक्त कार्यक्रममा स्थानिय कलाकार विद्यार्थि भाई वहिनीहरु बाट सन्देश मुलक नाटक तथा गित प्रस्तुतिकरण गरिएको थियो ।