रेउघाली रोल्पाली द्वारा निर्माण चौरासी सिद्ध थान बारह भाइ बराह थान उदघाटन

दाङ / कालिका सामुदायिक वन कात्तिके डाँडामा बनेको चौरासी सिद्ध थान र बारह भाइ बराह थान यही कार्तिक ८ गते बिहिवार उदघाटन भएको छ।घोराही उपमहानगरपालिका वडा नम्बर- १८ का वडा अध्यक्ष भरतमणि अर्यालको प्रमुख आतिथ्यतामा थान उदघाटन भएको हो । श्री कालिका सामुदायिक वन क्षेत्र अन्तर्गत कात्तिके डाँडामा रेउघाली रोल्पा सिद्ध बराह थान व्यवस्थापन समितिले सो थान निर्माण गरेको हो। प्रमुख अतिथि अर्यालले उदघाटनमा बोल्दै देशमा अहिले विभिन्न धार्मिक बहानामा धर्म परिवर्तनको खेल चलिरहेको छ । त्यसका विरुद्ध अथवा संरक्षणका लागि हाम्रा पुर्खाले मान्दै आएको देवताको थान रेउघाली रोल्पाली सिद्ध थान व्यवस्थापन समितिले निर्माण गरेकोमा खुसी व्यक्त गर्दै आफ्नो वडा कार्यलयबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे । प्रमुख अतिथी अर्याल लगायत विशिष्ट अतिथी अन्य अतिथिहरुले थान परिसरमा वृक्षरोपण पनि गरेका थिए।रोल्पा नगरपालिका- २ रेउघाबाट दाङ घोराहीमा बसोबास गर्ने धार्मिक संस्कृतिक रुपमा विश्वास राख्नेहरुको थान व्यवस्थापन समिति गठन गरिएको छ । श्री कालिका सामुदायिक वन उपभोक्त समुहले जमिन उपलब्ध गराएपछि रेउघाली रोल्पा सिद्ध थान व्यवस्थापन समितिले सिद्ध चौरासी थान र बारह भाइ बराह थान सँगै पिउने पानीको लागि धारा, चर्पी, चौतारी निर्माण गरेको छ । सिद्ध चौरासी देवतालाई भाकल गरे मनकामना पुग्ने धार्मिक विश्वास समेत पाइन्छ ।यसै स्थानमा स्वर्गीय बुबा बाजे धनराज बुढा मगर र स्वर्गीय आमा रजमाली बुढा मगरको सम्झनामा छोरी सरु पुन मगर र नाति भुपेश पुन मगर नातिनी सितल पुन मगर द्वारा विश्राम स्थल प्रतिक्षालय निर्माण पनि गरिदिएका छ्न्।रेउघाली सिद्ध थान व्यवस्थापन समितिका अध्यक्ष श्याम कुमार घर्तीले आफुले मान्दै आएका देवता चौरासी सिद्ध र बारह भाइ बराह आफुहरु यतै बसेकाले देवतालाई पनि यतै सारेको बताए। कालिका सामुदायिक वन उपभोक्त समुहका अध्यक्ष यशोदा देवि पाण्डेले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रम भर नमस्ते स्वास्थ्य अभियानका टिमले साथ दिएका थिए।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस