घोराही । दाङको घोराहीमा बम बिस्फोट भएको छ । घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा बिहान करिब १० बजे तिर बम बिस्फोट भएको हो ।
प्रहरिले बम बिस्फोट गराउने दुई जनालाई पक्राउ गरेको छ । सुतली बम पड्काएर भाग्दै गरेका घोराही उपमहानगरपालिका १५ निवासी प्लस टु सकेका अभियान थापा र सोही महेन्द्र बहुमुखी क्याम्पसमा पढ्ने सुदन कार्कीलाई पक्राउ गरिएको हो । बम फालेर मोटरसाईकल बाट भाग्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले रमाइलोको लागि बम पड्काएको प्रहरीलाई बयान दिएका छन ।
प्रहरी पड्केको स्थानबाट सुतली बमका टुक्राहरु फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमिल्सिनाले बताए ।