मा.वि. सिक्टाले खेद तथा ध्यानाकर्षण गर्दै निकाल्यो प्रेस विज्ञप्ति

सिक्टा । राजपुरको श्री माध्यमिक विद्यालय सिक्टाले एक विज्ञप्ति जारी गर्दै खेद तथा ध्यानाकर्षण गरिएको जनाएको छ ।

बिद्यालयको बैठक बसिरहेको अवस्थामा नेपाली कांग्रेस निकट तरुण दल सम्बद्ध पदाधिकारी तथा अन्य ब्यक्तिहरु आएर हुलहुज्जत गर्दै मुडभेटको सिर्जना गरेको भन्दै कार्वाहीको माग गरेको छ ।
विज्ञप्तिमा लेखिएको छ आज मिती २०८१ साल श्रावण महिनाको ३२ गतेको दिन श्री माध्यमिक बिद्यालय राजपुर ७ सिक्टामा गाउँपालिका बाट पत्र आएको भन्दै अवैध रुपमा पत्र पठाइएको र विद्यालयमा प्र.अ. राख्ने भन्दै हुल हुज्जत गरेकोमा ध्यानाकर्षण गरेको छ । विज्ञप्तिमा शिक्षा नियम विपरीत विद्यालयमा भरत बस्नेतलाई प्र.अ. राख्न खोजिएको र निज बस्नेत विद्यालयमा पटकपटक अनुशासनको कार्वाहीमा परेको र भर्खरै पनि कक्षाकोठामा नजाने र नपढाउने गरेको कारण लिखित स्पष्टीकरण माग्दा समेत नदिएकोले कार्वाही स्वरुप अन्यत्र विद्यालयमा सरुवाको लागि पालिकालाइ सिफारिस गर्ने तयारी गरिएको बेला नेपाली कांग्रेसको भातृ संगठन तरुण दल बैठक बसिरहेको बेला विद्यालय प्रवेश गरि प्रधानाध्यापक बिष्णु खत्री लाई प्र.अ.को कुर्सी बाट लतारेर फाली भरत बहादुर बस्नेत लाई कुर्सीमा बसाले लगत्तै मुडभेट गरि भयावहको स्थिति भएको भन्दै उक्त कार्य गर्ने तरुण दल राजपुर अध्यक्ष प्रमोद बस्नेत तरुण दल क्षेत्रीय सदस्य जनक कुमाल सदस्य सनज बस्नेत पुर्व वडा अध्यक्ष भिम बहादुर खड्का लगायत १६ जनालाइ कार्वाहीको माग गरेको छ ।


बिहीवार राजपुर गाउँपालिकाले भरत बहादुर बस्नेत लाई उक्त विद्यालयको निमित्त प्र.अ.मा नियुक्त गरेको थियो । राजपुर गाउँपालिका प्रमुख प्रशासकीय प्रमुख बिष्णु प्रसाद पाण्डे तथा शिक्षा अधिकृत केशव लम्साल द्वारा हस्ताक्षरित उक्त नियुक्ति पत्रमा निम्न माध्यमिक अग्रेजी राहत शिक्षक भरत बहादुर बस्नेत लाई निमित्त प्र.अ.को जिम्मेवारी दिएको लिखिएको छ । पत्र शिक्षा विकास तथा समन्वय इकाइ, दाङ राजपुर गाउपालिका वडा नं. ७ तथा मा.वि. सिक्टा लाई बोधार्थ पठाएको छ । यसै विषयलाई लिएर विद्यालयमा शुक्रवार तनावको स्थिति बनेको हो ।

प्रतिक्रिया दिनुहोस