सर्पले डस्दा छोरीको मृत्युु आमा गम्भीर

दाङ । सर्पले डस्दा घोराहीको गुरुगाउँमा एक बालिकाको मृत्यु भएको छ। एक जनाको अवस्था गम्भीर छ।

घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा आमा छोरी सँगै सुतिरहेको बेला गए राति सर्पले डस्दा ६ वर्षीय इन्दु चौधरीको मृत्यु भएको हो। आमा २५ वर्षीय आस्मा चौधरी गम्भीर अवस्थामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले बताए।

सर्पले डस्ने बित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको बताइएको छ । बिषालु सर्पले आमाको बाँया हातमा र छोरीको टाउकोमा टोकेको थियो।

प्रतिक्रिया दिनुहोस