मलेसियामा एक नेपालीले दाहिने खुट्टा गुमाए

मलेसिया/ वैदेशिक रोजगारीको लागि ६ महिना पहिले मलेसिया पुगेका रोल्पा रुन्टिगढी गाउँपालिका ८ मगरगोरी झेनामका २१ वर्षीय दिल बहादुर बाठा मगरको दाहिने खुट्टा गुमेको छ।

मलेसियाको एक स्थानीय खाने तेल पेल्ने कियान होइ प्लान्टेसन बेर्हाद कम्पनीमा कार्यरत बाठा मगरको अचानक चलिरहेको मेसिनमा दाहिने खुट्टा पर्दा घुँडा मुनिदेखी मेसिनले काटेर गुमेको। त्यहाबाट रोल्पाली सेवा समाज रोल्पा मलेसिया शाखाका अध्यक्ष तिपेन्द्र बुढा मगरले बताउनु भएको छ।

कम्पनीको काम ड्युटी गर्ने क्रममा मे १० तारिक स्थानीय समय अनुसार दिनको ११ बजे तिर घटेको घट्ना लगत्तै अहिले बाठा मगरलाई जबतान केसामासन दान ट्रमा कुलाङ जोहोरबारुको एक अस्पतालमा उपचार भइरहेको समेत बुढा मगरले जानकारी गराउनु भयो।

प्रतिक्रिया दिनुहोस