रोल्पा/सुनछहरी गाउँपालिकाले पर्यटनलाई आकर्षण गर्न गुरुयोजना कार्यक्रम ल्याउने भएको छ। विकासमा प्रबर्द्धन गर्नका लागि मंगलबार गाउँपालिकाको कार्यलयमा एक कार्यक्रमको बीचमा बृहत छलफल भएको छ। पाँच वर्षे गुरुयोजनाको कार्यक्रमको अवधारणा सुरु हुने बताइएको छ। कार्यक्रममा विभिन्न योजनाहरुलाई मुख्य प्राथमिकतामा राखिएको छ।
बिबाङ दह संरक्षण सम्बर्द्धन ,सुनछहरी झरना संरक्षण र विकास, किलाचन दह संरक्षण, गर्जबाङ गुरिलाल तालिम केन्द्रको संरक्षण, कोठी भिर संरक्षण, गुरिलाल पदमार्गको विकास, गोङ्बाङ युद्ध स्थालको संरक्षण, कार्जङ तारे भिर जनगणतन्त्र रेडियोको पहिलो प्रसारण र रेडपाण्ड जोन ,दमाङ दहको संरक्षण र विकास, बजुधुरी सहिद स्मृति गणतला पार्क निर्माण,थनबाङ होमस्टे खस आर्य संस्कृति संरक्षण योजना, पोबाङ – सिउरी ५०१ मिटर लामो झोलोङे पुल निर्माण, सुन तामा र फलालाम खानीहरुको संरक्षण र वैज्ञानिक उत्खनन, वामा पुप गुफा संरक्षण र सुनसरी छर्रा संरक्षण,लुङटुङ शहिद स्मृति पार्क निर्माण,भुम्पा,सारङ्गे,जोगी,मारुनी, झाक्री नाचहरुको संरक्षण र प्रबर्द्धन गर्ने, सुनछहरीमा आँप लिची चिउरी अदुवा अमृसोको पकेट क्षेत्र विकासका योजन ,किबी दाँते ओखर चुल्ठे अमिलो हाडे बदाम सतुवा चिराइतो तिमुर खेती र पकेट क्षेत्रको विस्तार गरिने। गुराँस क्षेत्रको संरक्षण, सरिक्याङ रङ्कुसी ४ सय ८५ मिटर लामो झोलोङ्गे पुल निर्माण , होमस्टे घरबास कार्यक्रम विकास र विस्तार व्यवसायीक भेडा पालन र उनको बजारी करण ,जनयुद्ध संग्रहालयको योजना, मगर खाम भाषाको संरक्षण र प्रयोग गरिने। प्राचीन मगर लिपीको खोज अनुसन्धान गरिने। जस्ता गाँउपालिकाले ल्याउने गुरु योजनाको तयारी भएको छ।
गाउँपालिका अध्यक्ष धन बहादुर पुन मगरको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष नन्कला घर्ती मगर र नेपाल प्रज्ञा सभा सदस्य विज्ञ परामर्शदाता डा. बिष्णु कुमार सिंजाली , प्रमुख प्रशासकीय अधिकृत लाल सिंह खड्का , पर्यटन विज्ञ परामर्शदाता अनुप थापाका सँगै सम्पुर्ण कार्यपालिका सदस्य र वडा अध्यक्ष हरु वडा टोल विकाश समिति बुद्धिजीवी समाजसेवीहरुको उपस्थिति रहेको थियो।