सडक बनाउन जग्गा दान

घोराही/ घोराही उपमहानगरपालिका १३ दिप ज्योति टोल विकासका स्थानिय समाज सेवि ६४ वर्षीय टीका गिरी र श्रीमति ६२ वर्षीय बिमला गिरीले सडक बनाउन दिप ज्योति बासीलाई जग्गा दान गर्नुभएको छ।

गिरी दम्पतीले करिब २०लाख बराबरको २४ मिटर लम्बाइ ३.५ मिटर चौथाई जग्गा दान गर्नुभएको हो। जग्गा दान भएपछि घोराहीको नयाँ बसपार्कबाट रोल्पा जाने शहिद मार्ग देखि भित्री सडक घोराही १३ ज्ञ्यान ज्योति एकेडेमी स्कुल हुँदै जाने बाटोको दिप ज्योति अन्तर्गत उत्तर दक्षिण २४ मिटर सडक निर्माण हुनेभएको छ। उक्त सडकको नाम टीका बिमला मार्ग नामकरण गरिने समेत बताइएको छ।

दिप ज्योति टोल विकास संस्थाका अध्यक्ष बेगम प्रसाद बुदाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आथित्य घोराही उपमहानगरपालिका १४ का वडा अध्यक्ष साथै घोराही उपमहानगरपालिकाका विपद व्यवस्थापन सरसफाइ वनका संयोजक भानसिं बुढा रहनु भएको थियो। प्रमुख अतिथि बुढाले बुझाइ एकता हुनुपर्छ विकास मिलेर गर्नुपर्छ,फुटेर होइन जुटेर समाज परिवर्तन गर्नुपर्ने समेत बताउनु भयो। आफ्नो निजि जग्गा सार्वजनिक सडक निर्माण र आम जनताका लागि दान गरेकोमा जग्गा दाता गिरी दम्पतीलाई हृदय देखि धन्यवाद समेत प्रकट गर्नुभयो।

जग्गा दाता गिरी दम्पतीलाई टोल विकास संस्थाको आयोजनामा कार्यक्रम मार्फत सम्मान सहित मायाको चिनो समेत प्रदान गरिएको छ। सचीव खिम बहादुर नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कोषाध्यक्ष पाल्नु बहादुर घर्ती र आमा समुहका अध्यक्ष बिष्णु बाँठाले बोल्नु भएको थियो। कार्यक्रमको संचालन सहजीकरण घोराही १३ का नि वर्तमान वडा सदस्य जनप्रतिनिधि केशव गिरीले गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस