घोराही-यहाँस्थित बाल विकास माध्यमिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा नै अध्ययन गराउनुपर्ने निर्णय भएको छ ।
दाङ घोराही उपमहानगरपालिका १४ स्थित बाल विकास माध्यमिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिकालाई आफैँले अध्यापन गराउने विद्यालयमा अध्ययन गराउनुपर्ने यहि शैक्षिकसत्रदेखि अनिवार्य रुपमा भर्ना गर्नुपर्ने भएको छ। आज बसेको विद्यालय व्यवस्थापन अभिभावक भेलाले यो निर्णय गरेको हो।
सबै शिक्षक कर्मचारीले यहि स्कुलमा आफ्ना बालबालिकालाई भर्ना गर्नुपर्ने कडा निर्देशन दिइएको स्कुल व्यवस्थापन अध्यक्ष दिल कुमारी बुढाले जानकारी गराउनु भयो।यदि कसैले अटेरी गरे अर्को निर्णय लिन सकिने समेत बताउनु भयो।
बाल विकास माध्यमिक विद्यालयको नयाँ वर्ष सँगै नयाँ शैक्षिकसत्र भर्ना बैशाख २ गते देखि संचालन हुने र व्यवस्थापन समितिको अगुवाइमा शिक्षक कर्मचारी घर दैलो भर्ना अभियान संचालन हुने समेत बुढाले जानकारी गराउनु भयो।