रोल्पाको थबाङमा दर्जनौं नेकपा एमालेमा प्रवेश

नव प्रवेशीहरुलाई नेकपा एमाले केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सांसद यमुना रोकाले अबिर माला सहित स्वागत गर्नु भएको थियो। उक्त कार्यक्रममा प्रदेश कमिटी सदस्य प्रेम बहादुर घर्ती,बिनोद रोका (विक्रान्त) नेकपा एमाले जिल्ला अध्यक्ष अमृत बहादुर बुढा उपाध्यक्ष विजय कुमार घर्ती,जिल्ला सचिव नेप बहादुर थापा,लगाएत जिल्ला नेताहरु रमिता डाँगी,प्रदिप डाँगी,विनोद रोका,मनोज बुढा,पूर्ण कुमारी बुढा लगाएतको उपस्थिति रहेको थियो।

नेकपा माओवादीको जनयुद्धको आधार इलाका नामले परिचित गौरवपूर्ण इतिहास बोकेको रोल्पाको ऐतिहासिक गाउँ थवाङमा दुई केन्द्रीय सदस्यहरु नवीन रोका र यमुना रोकाले नेकपा एमालेको संगठनमा व्यापक सुधार गरेका छन्।केहि वर्ष अघि सम्म माओवादी बाहेक थवाङमा अन्य कुनै राजनितिक दलमा विचार राख्ने कार्यकर्ता समेत छैनन् भन्ने सोचाईबाट आज नेकपा एमालेमा थवाङ गाउँबाटै दर्जनौ अन्य दलका कार्यकर्ताहरु एमालेमा भित्रनुलाई सामान्य ठान्न सकिदैन।

प्रतिक्रिया दिनुहोस