रोल्पा/ सुनछहरी गाउँपालिका अन्तर्गत वडा नं. १ सेरम,घुस्बाङ,फुलिबनमा गठित ५ वटा स्वावलम्बी समूहलाई १७ वटा उन्न जातका बाख्रा वितरण गरिएको छ।
कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उधमशिलता साझेदारी परियोजना अन्तर्गत सुनछहरी गाउँपालिका पोवाङ रोल्पाको आर्थिक सहयोग,हेफर प्रोजेक्ट नेपाल ललितपुरको आर्थिक तथा प्राविधिक सहयोग र साझेदार संस्था शहिद परिवार समाज अर्घाखाँचीको सहयोगमा बुधबार एक कार्यक्रमका बीचमा प्रमुख अतिथि सुनछ्हरी गाउँपालिका १ का वडा अध्यक्ष धनिमान रोका मगरले किसानहरुलाई सो बाख्रा वितरण गर्नुभएको हो।
कार्यक्रममा अन्य अतिथिहरु कार्यपालिका सदस्य भाना राना मगर,वडा सचीव हरि केसी पशु प्राविधिक दिपक खत्री, कार्यक्रम समायोजक शिशिर पौडेल, लेखा अधिकृत गुणानिधि भुसाल, प्राविधिक संयोजक उदविर गुरुङ ,शिक्षक पशुपति रोका मगर र समाज सेवि केशव घर्ती मगर लगायतका उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन सामुदायिक सहज कर्ता पुष्टमन रोका मगरले गर्नुभएको थियो।यो परियोजना सुनछहरी गाउँपालिकाको सातै वडामा संचालित रहेको छ।